विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

पार्टीमा शेखर कोइरालाको कुनै योदान नरहेको भन्दै कटाक्ष

0 1,576

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

बीरगंज, फाल्गुन ०९।।  वीरगञ्जमा बुधबार आयोजित जिल्ला स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको आरोप लगाएका हुन् ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवारप्रति अक्रोश पोखेका छन् । पार्टीको सभापति कोइराला परिवारकै हुनुपर्ने गलत मानसिकता बोकेर शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको आरोप सभापति देउवाले लगाएका छन् ।

देवताल psa

कांग्रेस जनताको पार्टी भएको भन्दै देउवाले कोइराला बाहेकको व्यक्ति सभापति भएपछि कोइराला परिवार बौलाएको टिप्पणी गरेका छन् । उनले पार्टीमा शेखर कोइरालाको कुनै योदान नरहेको भन्दै कटाक्ष समेत गरे । ‘उनी कहिले जेल गए, के योगदान छ पार्टीमा’ देउवाले भने, कोइराला भन्ने बित्तिकै हुन्छ ?’

उनले आफ्नो ओठको खत देखाउँदै भने, ‘मण्डलेले त्यसबेला झण्डै मारेका थिए । हाम्रो टाउको फुट्दा, जेल जाँदा शेखर कोइराला कहाँ थिए ?’  आफूहरु जेल बस्दा र टाउको फुटाउँदा शेखर कोइराला भाइस चान्लर बनेर सुविधा दोहन गरेको आरोप देउवाले लगाए । कोइराला परिवारका अहिलेका व्यक्तिहरु २०४६ सालको परिवर्तनपछि राजनीतिमा देखा परेर सुविधामात्र उपयोग गरेको आरोप देउवाले लगाए । 

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.