bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

छोरा विवेकशीलबाट प्रदेश सभा उम्मेद्वार, बुबा नेकपाबाट वडाध्यक्ष

pokhariya Holi Notice

बाग्लुङः बाग्लुङ क्षेत्र नं २ ख मा अहिले चुनावि रौनक छाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले व्यवस्थाकै विरोधी जनमोर्चाका उम्मेद्वारलाई सघाउन स्थानीय कार्यकर्तालाई आदेश दिएको छ । काँग्रेसमा उम्मेद्वार पनि प्रचारमा छन् । चुनावमा अर्का एक उम्मेद्वार चर्चामा छन्, विवेकशीलका सन्तोष भण्डारी ।

चर्चाको कारण उनी सबैभन्दा युवा र नयाँ उम्मेद्वार भएकाले र उनको दलको कारण मात्र हैन उनी घरभित्रैबाट परिवर्तन भएर निस्किएका छन् अर्थान बुबा वडामा जनप्रतिनिधि छन् सत्तारुढ नेकपाबाट । तर उनले वैकल्पिक राजनीतिको बाटो रोजे । सन्तोषका बुबा ढोरपाटन नगरपालिका १ का वडाध्यक्ष छन् । छोरा सन्तोष भने विवेकशीलका अवधारणा बाग्लुङे नागरिकलाई बुझाउँदै जनमत बटुल्दैछन् ।

प्रदेश सांसद टेक बहादुर घर्तीको निधन भएपछि यस क्षेत्रमा हुन लागेको उप–निर्वाचनमा चियागफमा अहिले सन्तोषको उल्लेख्य चर्चा भइरहेको छ । बल्ब (चीम) चुनावचिन्ह लिएर मत मागिरहेका भण्डारी आफू र आफ्नो दलबारे मतदातालाई बुझाइरहेका छन् । विवेकशील नेपाली दलको स्थापना कालदेखि सकृय भण्डारी बाग्लुङकै बुर्तिबाङ ‘१’ मा जन्मिएका हुन् । आफू ओभरशियर पढेर पेशागत दक्षता हाँसिल गरेपनि समाज परिवर्तनको भोकले वैकल्पिक राजनीति स्थापित गर्न आफू उम्मेद्वार बनेको सन्तोषको दावि छ ।

सन्तोषलाई ‘चिम’मा मत माग्न यस क्षेत्रका युवाहरुले राम्रो साथ दिएका छन् । विवेकशीलका सदस्य बाहेक पनि स्थानीय युवाहरु उनको समर्थनमा विस्तारै खुलेर लाग्न थालेका छन् । अन्य दलका युवाहरु पनि सन्तोषका कुरा र उनको विगत बुझेपछि उनलाई साथ दिन थालेका छन् ।

अहिले विवेकशील नेपाली दलका प्रदेश नं ३ को प्रदेश सभामा २ जना सांसद छन् । प्रदेश सांसद एवं विवेकशीलका नेता रमेश पौड्याल भन्छन्, ‘हामीले प्रदेश ३ को प्रदेश सभामा गरेका सिर्जनात्मक प्रयोग सन्तोषजीले गण्डकीको प्रदेश सभामा पनि लग्नुहुनेछ । समग्रमा विवेकशील राजनीति गण्डकीको संसदले अनुभव गर्नेछ र त्यसका लागि बाग्लुङबाट सन्तोषजीलाई ‘बल्ब’ मै मत दिनुपर्नेछ ।’

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer