bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सानालाई ऐन ठुलालाई चयन हुन्न : परराष्ट्रमन्त्री ज्ञवाली

pokhariya Holi Notice


३ मंसिर,
गुल्मी ।

गुल्मी जिल्लामै फरक क्षमताका बिद्यार्थीहरुले पढदै आएका तम्घासको बिद्यालयमा ४ कोठे भवन बनेको छ ।

जिल्ला भरका ११ वटा स्थानीय तहका ३२ जना बैरा र बौद्धिक क्षमता भएका बिद्यार्थीहरुले पढ्दै आएका छन् ।

सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यमिक बिद्यालयका भवनको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलले
उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री ज्ञवालीले शिक्षाले समाज बदल्ने र समाजले राष्ट्र बदल्ने भएकाले अब
काम नगर्ने निर्माण व्यवसायीहरुलाई जनस्तरबाटै कारवाही सुरु भएको बताए ।

मन्त्री ज्ञवालीले नेपालमा काम नगर्ने शक्तिको आडमा धम्क्याउने र ठग्ने प्रबृतिको अन्त्य भएको बताएका छन् ।
पहिले सानालाई ऐन ठुलालाई चयन हुने गरेको सन्र्दभमा हाल आएर जतिसुकै ठुलो मान्छेहरु भएपनि शक्तिको आडमा र
पदका हैसियतले जसले गल्ती गरेपनि उसलाई क्षमादान गर्न नसकिने मन्त्री ज्ञवालीको भनाई छ ।

बिधिको शासनमा कोही अपराधीहरु उम्किन नपाउने दाबी गरे । बर्तमान स्थिर सरकारको प्रभावले ठग्ने खाने गरेका
प्वालहरु पुरै बन्द हुदै जान थालेको बताए । सरकारको पहिलो वर्षजग बसाउने काम भएकोले अब बिकास निर्माणका कामहरुले
गति लिन थालेको मन्त्री ज्ञवालीको भनाई छ ।

अहिले नेपालमा भष्ट्रचारीहरुले भष्ट्रचार गर्न नपाएका कारण छटपटाइ रहेको दाबी गरे । जिल्लाको सदरमुकाम तम्घासको
उपल्लो तम्घासमा फरक क्षमताका बिद्याथीहरुले पढदै आएका बिद्याथीहरुको लागि ४ कोठे भवन बनेको हो ।
नेपाल सरकार पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा रु ६९ लाख ७८ हजार ११२ को लागतमा ४ कोठे भवन
बनेको थियो । भवनको ०७५ सालमा १ वर्ष भित्र सम्पन्न गर्ने गरि निर्माण थालिएको थियो ।

०३१ सालमा स्थापना भएको उक्त बिद्यालयमा सरकारको सहयोग बिना नै, अपांगहरुलाइ र कृषि वालि बिज्ञान प्राबिधिक
शिक्षा पढाइदै आएको बिद्यालयका प्रधानाध्यापक राममणी पन्थीले बताए । ०५९ सालबाट फरक क्षमता भएका बिद्यार्थीहरुले
पढदै आएको बिद्यालयमा हाल पनि ८ वटा कक्षा कोठाहरु अभाव रहेको पन्थीको भनाई छ ।

बिद्यालयमा २० बैरा १२ बौद्धिक अपांगता भएका भएका बिद्यार्थीहरुको लागि आवासमै राखेर पढाइदै आएको छ ।

राज्यको सहयोग बिना अपाङ्गहरुलाई पढाउदै आएको बिद्यालयलाई अपाङ्ग मैत्री भवनको अभाव रहेको बिद्यालयका
प्रधानाध्यापक पन्थीले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer