bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

धोबनी गाउपालिकामा रहेको स्वास्थ्य संस्था मा २४ पद रिक्त ,स्वास्थ्य संस्था बन्द हुने

pokhariya Holi Notice

राजन बानिया, लंगडी ।

पर्सा जिल्ला को धोबिनी गाउँपालिका अन्रतर्गत रहेको स्वास्थ्य संस्था हरु मा स्वास्थ्य कर्मी को कमी हुदा स्वास्थ्य संस्था बन्द हुने स्थिति रहेको देखिएको छ। नेपाल सरकार ले कर्मचारी हरु लाई गरेको समयोजन मा अधिकाश पर्सा जिल्ला बाट स्वास्थ्य को कर्मचारीहरु ले सरुवा गराई अन्त गएको कारण अहिले अधिकांश स्वास्थ्य संस्था बन्द हुने र स्वास्थ्य संस्थामा संचालन मा रहेको बर्थिंग सेन्टर हरु बन्द रहेको छ।

धोबिनी गाउँपालिकामा रहेको पाँच वटा स्वास्थ्य संस्था रहेको स्वास्थ्य चौकी लंगडी, प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर, स्वास्थ्य चौकी धोबनी,स्वास्थ्य चौकी हरिहरपुर र घोडदौर पिपरा को लक्ष्मीपुर स्वास्थ्य चौकी रहेको मा पाचै वटा स्वास्थ्य संस्था मा एक जना स्टापनर्स,सात जना अनमी, पाँच जना हेल्थअसिस्टेन्ट, छ जना अहेब को सरुवा भएको गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव ले बताए का छन।

संयोजक यादव का अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर मा चार जना महिला स्वास्थ्य कर्मी स्टापनर्स र अनमी एकजना हेल्थअसिस्टेन्ट र एकजना अहेब र कार्यालय सहयोगी हरुको सरुवा भएको ले असोज महिना मा अाफ्नो रवानापत्र लिएर गएको कारण सो संस्था मा बर्थिंग सेन्टर बन्द रहेको बताए ।अरु चारै वटा स्वास्थ्य संस्था मा कर्मचारी हरु सरुवा गराएर गरेको ले स्वास्थ्य संस्था बन्द हुने स्थिति रहेको छ। गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्था बाट २५ जना कर्मचारी हरु को दर्बन्दी खालि भएको छ।

Simraungadh Holi Notice

प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर मा समस्या देखिएको छ।भिखमपुर स्वास्थ्य संस्था मा चार जना महिला स्वास्थ्य कर्मी हरु सरुवा भएर गएको कारण बर्थिंग सेन्टर बन्द रहेको ले गाउँ घर मा समस्या देखिएको ले तत्कालय ब्यवस्थापन गर्न को लागि गाउँपालिका प्रमुख सुरेश पटेल संग भनिएको छ।।प्राथमि भिखमपुर मा एकजना स्टापनर्स र तीन जना अनमी को दर्बनदी रहेको ले दुईमहिना देखि बच्चा ईसु गराउने बर्थिंग सेन्टर बन्द रहेको कारण सो संस्था मा अाउने सेवाग्राही हरु ले रितोहाथ फर्कन बाध्य भएका छन।

स्वास्थ्य केन्द्र भिखमपुर रहेको र सो संस्था मा जगरनाथपुर,बिजबनिया,खरुचडी, मसिहानी,पाण्डेपुर,पिडारी , जानकिटोला,गुलरिया , अास्वारी, घोडदौरापिपरा, लगायत बाट महिला हरु ले डिलेभरी चेक गराउन र बच्चा ईसु गराउन बर्थिंग सेन्टर मा अाउनु हुन्छ तर स्वास्थय संस्था मा महिला स्वास्थ्य कर्मी नरहेको ले रितोहाथ फर्कन बाध्य भएका छन ।त्यतै स्वास्थ्य चौकी लंगडी बर्थिंग सेन्टर को पनि अवस्था बन्द हुने रहेको छ।

पाँचै वटा स्वास्थ्य संस्था को बारेमा जानकारी गाउँपालिका अध्यक्ष सरेश पटेल संग लिदा पटेल ले भने नेपाल सरकार ले कर्मचारी हरुको सम्योजन मा सरुवा भएको छ तर अहिले सम्म उता बाट कर्मचारी हरु एक जना अाएको छैन । अब यश को पुरै जानकारी लिएर छिटै नै कर्मचारी हरु बहाली गरेर बन्द रहेको स्वास्थ्य संस्था संचालन मा लयाउने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer