bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

शिक्षा र स्वास्थ्य सुधारका लागि राजपुर न.पा. मा आरडिसीको ध्यानकर्षण

pokhariya Holi Notice

रौतहट,फाल्गुन ०९।। रौतहट जिल्लाको राजपुर नगरपालिकामा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि आरडिसी नेपाल संसथाले चाँसो देखाएको छ । बुधवारका दिन आरडिसी नेपालका अध्यक्ष पारस हुसैन र राजपुर नगरपालिकाका नगर प्रमुख मो. शकिल अख्तरद्धारा सो नगरपालिका अन्र्तगत रहेका विभिन्न विद्यालय र स्वास्थ्य चौकीहरुको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा विद्यालयहरुमा सुधार गर्नु पर्ने पक्षबारे नगर प्रमुख अख्तरले आरडिसीका अध्यक्ष पारस हुसैनलाई जानकारी गराएका थिए । त्यस्तै राजपुर नगरपालिकामा रहेको केहि स्वास्थ्य चौकीहरुको भवनहरु मर्मत अभावको कारण जिर्ण हुन लागेका बारे पनि नगर प्रमुख अख्तरद्धारा हुसैनलाई जानकारी गराईएको छ ।

अनुगमनका क्रममा विद्यालयहरुमा तत्कालै व्यवस्थित शौचालय र स्वच्छ खानेपानीको अभाव रहेको हुँदा आरडिसि नेपाल आजैबाट सो समस्या समाधानका लागि प्रयासरत रहने सो संस्थाका अध्यक्ष पारस हुसैनले आश्वासन दिएका छन् । त्यस्तै स्वास्थ्य चौकीहरुको अनुगमनका क्रममा देखिएका समस्याहरु बारे बोल्दै हुसैनले भने “स्वास्थ्य र शिक्षा मानव जिवनको अभिन्न अंग रहेको हुँदा जनताको दैनिक जिवनसंग सरोकार राख्ने सवालमा सो संस्था सदैव अग्रसर रहेको छ ।

तसर्थ स्वास्थ्य चौकीका भवनबारे पनि हाम्रो संस्थाले सके सम्मको सहयोगी भुमिका निर्वाह गर्ने छ । अनुगमनका क्रममा सो संस्थाका अन्य पदाधिकारी लगायत राजपुर नगरपालिका का प्रेस संयोजक प्रविण टिबडेवालको समेत उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer