bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बिराटनगरका चार जना महिलाद्वारा साढे ७ करोडको लागतमा प्राकृतिक चिकित्सा पद्धतिको ओम वेलनेस अस्पताल संचालनमा ल्याउदै

बिराटनगरका चार जना महिलाद्वारा साढे ७ करोडको लागतमा प्राकृतिक चिकित्सा पद्धतिको ओम वेलनेस अस्पताल संचालनमा ल्याउदै

pokhariya Holi Notice

उषा सरदार,बिराटनगर
बिराटनगर २ सौगात मार्गमा चार जना समाजका सक्रिय महिलाहरुको अगुवाईमा साढे ७ करोड लागानिमा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुने सुबिधा सम्पन्न र प्रबिधियुक्त अस्पताल संचालनमा ल्याउन लागेको हो।रोगिलाई निरोगी र निरोगीलाई दीर्घजीबी बनाउने उद्धेश्यले नसर्ने रोगहरुको उपचार गर्ने गरी सुबिधासम्पन्न प्राकृतिक अस्पतालको स्थापना गरिएको हो।उद्यमी ,ब्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय चार जना महिलाहरु शिवा उपाध्याय ( अन्जु),नमिता न्यौपाने ,राधा ढाकाल, बिना कार्कीले काठमाडौको वेलनेस अस्पतालबाट सहकार्य गरि बिराटनगरमा स्थापना गर्न लागिएको हो। उक्त अस्पतालको औपचारिक उद्घाटन आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने बिहिवार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराएको छ। यस अस्पतालमा रक्तचाप , मधुमेह ,हृदय रोग,पक्षघात, मेरुदण्ड,नसा तथा जोर्नीको समस्या , माईग्रेनको प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने संचालन नमिता न्यौपाने ले बताउनु भयो । १० शेय्या संचालनको स्वीकृति पाएको अस्पतालले छिटो नै ५१ शैय्या पुर्याउने बताउनु भयो।अस्पतालले प्राकृतिक र वैकल्पिक चिकित्सामा रहेर फिजियोथेरापी,मसाज थेरापी , शिरोधारा,जलनेती ,ज्याकुजी ,साउनाबाथ,अक्युपंचर,अक्युप्रेसर ,पुनर्स्थापना ,योग तथा तनाव व्यवस्थापन डाईट तथा न्युट्रीसनका सफल उपचार गरने न्यौपानेले बताउनु भयो।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.