bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कुसंस्कार र रुढीबादी सोचका कारण हुन्छ छुवाछूत

कुसंस्कार र रुढीबादी सोचका कारण हुन्छ छुवाछूत

pokhariya Holi Notice

उषा सरदार ,बिराटनगर
पुरातनवादी सोच र कुसंस्कारले जरा गाडेको कारण भेदभाव र छुवाछूत अन्त्य हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन। आज बिराटनगरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ कार्यालयको आयोजनामा ‘ सबैका लागि घर घरमा मानव अधिकार : शान्ति र बिकासको आधार ‘ प्रमुख नाराका साथ ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकार प्रदेश महाभेला २०७६ को सन्दर्भमा ‘ दलित मानव अधिकारको अवस्था र चुनौती ‘ बिषयक अन्तर्त्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएको हो ।कार्यक्रममा बोल्दै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश नं. लाई जातीय छुवाछूत मुक्त बनाउन हामीले हाम्रो पौराणिक रुढीबादी सोचलाई बदलिदै समाजमा रहेको कुसंस्कार र कुसंस्कृतिलाई बदल्नु पर्ने बताउनु भयो। उहाँले जातीय भेदभाव र छुवाछूतलाई सामाजिक अपराध मानिए पनि ठाउँठाउँमा मिलापत्र गरेर घटना दबाई रहेको बताउनु भयो।त्यस्तो घटना मिलापत्र गराउने प्रहरी ,न्यायीक समितीका पदाधिकारी वा प्रशासनका कर्मचारी जोसुकैलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भयो।जातिय विभेद र छुवाछूत सामाजिक अपराध हो यसलाई बढावा दिनेलाई दण्डित गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। कार्कीले दलितहरुको लागि निर्माण गरिएको कानुनहरु बारे जानकारी गराउन स्थानीय तह देखि प्रदेश र संघीय सरकारले सचेतना अभियान संचालन गर्नु पर्ने बताउनु भयो।नेपालमा धेरै प्रकारको गलत प्रचलन र परम्परा बिध्यमान रहनुको साथै सामाजिक र आर्थिक अवस्थाका कारणले पनि यस्ता बिकृतिहरुले भेदभाव र छुवाछूतलाई मलजल गरि रहेको बताउनु भयो। उहाँले मानव अधिकारको रक्षा राज्यको दायित्व भएकोले तय गरेको न्युनतम मापदण्ड पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो।
प्रमुख न्यायधिवक्ता चुडामणिा आचार्यले जातीय विभेद र छुवाछूतका घटनाहरुले समाजको कलंकका रुपमा रहेको बताउनु भयो। उहाले वर्षौं देखि जरा गाडेर रहेको विभेदलाई हटाउन अलिक दिन समय लाग्छ तर परिवर्तन सम्भब छ।यस्को लागि सबैले आ – आफनो ठाँउबाट पहल गर्नु पर्छ।
प्रहरी उपरीक्षक विश्व अधिकारीले जातीय बिभेद र छुवाछूतका घटना लाई रोकन मोरङ प्रहरी कटिबद्ध रहेको बताउनु भयो । उहाँले प्रहरी नै मानव अधिकारको पहिलो रक्षक भएकोले प्रहरीबाट टाढा भएर होईन नजिक भएर अगाडि बढनु पर्ने बताउनु भयो। नेपालमा जातीय छुवाछूत कसुर ऎन लागू भएपछि हालसम्म ६ सय ६० मुद्दा दर्ता भइ पनि हालसम्म ३० वटा मुद्दा मात्र दोषी ठहरिएका छन।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार,नेपाली कांग्रेसका नेता यदु बिष्ट ,समाजबादी पार्टीका प्रदेश सांसद जयराम यादव , नेपाल पत्रकार प्रदेश महासंघ अध्यक्ष बिक्रम लुईटेल, ईन्सेक प्रमुख सोमराज थापा, र कार्यक्रम सभापती तथा मानव अधिकार आयोगका प्रदेश प्रमुख मोहन जोशीले जातीय विभेद र छुवाछूतलाई अन्त्य गर्न हामी सबै एक जुट भएर लागनु पर्ने धारण ब्यक्त गर्नु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer