bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गर्भावस्थामा पिउन नहुने यी ५ पेय पदार्थ

pokhariya Holi Notice

सामान्यतय जुन ड्रिंक्स स्वास्थ्यका लागि फाइदाजनक ठानी हामी पिउने गर्छौँ, त्यही गर्भवती महिलाहरूको लागि सधैँ फाइदाजनक हुँदैन । चिकित्सकका अनुसार, आज हामी चर्चा गर्दैछौँ, यस्ता ५ पेय पदार्थको बारेमा जुन गर्भवती महिलाहरूले सेवन गर्नु हुँदैन । यी पेय पदार्थमा पाईने एन्टीअक्सीडेन्ट्स जस्तै न्यूट्रीएन्ट्स गर्भपतनको कारण बन्न सक्छ ।

गर्भावस्थामा पिउन नहुने यी ५ पेय पदार्थ

१-ग्रीन टी

यसमा पाईने कैटेचीनले मेटाबोलिज्म बढाउँछ, जसले गर्भवती महिलाको स्वास्थ्यमा नोक्सान पुर्याउन सक्छ ।

२-कफी

यसमा पाईने कैफिनको अधिक मात्राले गर्भपतन हुनसक्ने आशंका बढाउँछ । यसकारण गर्भवती हुँदा दुई कप भन्दा बढी कफी पिउनु हुँदैन ।

३-जमराको रस

यसमा ब्याक्टेरिया चाँडो उत्पन्न हुन्छ, जसले डायरिया र उल्टी आउने जस्ता समस्या हुनसक्छ । यसको बढी सेवन गर्दा गर्भपतनको सम्भावना हुन्छ ।

४-सफ्ट ड्रिंक

यसमा पाईने कैफिन र क्विनाइनले गर्भमा हुर्किरहेको शिशुको विकासमा नकारात्मक असर पुर्याउँछ । बढी पिउँदा गर्भपतन हुनसक्छ ।

५-प्याक्ड जूस

यसमा ई कोली र साल्मोनेला ब्याक्टेरिया हुन्छ । यसले गर्भवती महिला र शिशु दुवैलाई नोक्सान पुर्याउँछ ।

यी चीजको बढी सेवन गर्दा पनि गर्भपतन हुनसक्छ,

१-भुईकटहर- यसमा ब्रोमेलिन हुन्छ । गर्भावस्थामा बढी खाँदा गर्भपतन हुनसक्छ ।

२-करेला- करेलामा पाईने मोमोकैरिन गर्भावस्थामा नोक्सान पुर्याउन सक्छ । यसबाट गर्भपतनको आशंका बढ्छ ।

३-मेवा- यसमा पाईने पपाइनले गर्भपतनको सम्भावना बढाउँछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer