bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश ५ को उत्कृष्ट सहकारी भएको पुरस्कार

pokhariya Holi Notice

बुटवल, ६ पुस —  तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था प्रदेश ५ को उत्कृष्ट सहकारी भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को मूल्याङ्कनमा सामूहिक विकास प्रदेश ५ का चार हजार भन्दा बढी सहकारीमध्ये उत्कृष्ट सहकारी घोषित भई पुरस्कृत भएको हो ।

७ हजार ५३ जना सदस्य रहेको सहकारीको शेयर पुँजी १७ करोड २३ लाख, निक्षेप एक अर्ब ७७ करोड, ऋण लगानी एक अर्ब ८० करोड र कूल सम्पत्ति २ अर्ब ३० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ७ करोड १७ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । सामूहिक सहकारी आर्थिक कारोवारको हिसावले प्रदेश नं. ५ कै सवैभन्दा ठूलो सहकारी हो । सहकारीको शंकरनगर २ मा आफ्नै चारतले कार्यालय भवन छ भने १९ जना कर्मचारी छन् ।

यसै वर्ष प्रोवेशन ब्राण्ड समेत पाएको सहकारीलाई नेफ्स्कुनको २८औं साधारणसभाका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीका निवर्तमान अध्यक्ष चुरामणि खरेल र अध्यक्ष सुरेन्द्र वर्मालाई प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारको प्रमाणपत्र प्रदान गरेकी हुन् । सहकारीका आधारभूत सात सिद्धान्त,पल्र्सका सूचक, समुदायको चासो सम्बोधन गर्दै सामाजिक दायित्व पालना गरे–नगरेको मूल्यांकन गरी नेफ्स्कुनले हरेक वर्ष सातवटै प्रदेशबाट एक–एक सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गर्ने गरेको छ ।

सामूहिकले आगामी पाँच वर्षमा शेयर सदस्य संख्या २१ हजार र वार्षिक कारोबार ६ अर्ब र कार्यक्षेत्र जिल्लाभर पुर्‍याउने ५ वर्षे दिर्घकालिन रणनीति पारित गरेको सहकारीका वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनीले बताए ।

Simraungadh Holi Notice

सामूहिकसँगै प्रदेशस्तरीय उत्कृष्ट सहकारी पुरस्कार पाउनेमा प्रदेश १ बाट मोरङको सुन्दरपुर सहकारी, प्रदेश २ बाट सर्लाहीको नन्देश्वर महिला सहकारी, प्रदेश ३ बाट रामेछाप मन्थलीको नवजागरण सहकारी, गण्डकी प्रदेशबाट पोखराको पोखरा रोयल सहकारी,कर्णाली प्रदेशबाट सुर्खेतको विरेन्द्रनगर सहकारी र सुदुरपश्चिम प्रदेशबाट बैतडीको जीवनज्योति सहकारी रहेका नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

पाँचवटै उत्कृष्ट सहकारीलाई मन्त्री अर्यालले पुरस्कार र प्रमाणपत्र दिएकी हुन् । यस्तै नेफ्स्कूनले गत वर्षको संस्थापक अध्यक्ष पुरस्कार विगत लामो समयदेखि सहकारी अभियानमा सक्रिय रुपन्देहीस्थित जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौडेल र काभ्रे जिल्ला बचत संघका अध्यक्ष रामहरी केसीलाई प्रदान गरेको छ ।

सहकारी क्षेत्रका अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ हुमा डीसी(दाङ) र पुरुषतर्फ काठमाडौंका सुवर्णकुमार कर्माचार्यलाई नेफ्स्कुनले सम्मान गरेको छ । जिल्लागतरुपमा उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा बारा जिल्ला बचत संघ सर्वोत्कृष्ट भएको छ । यस्तै नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कार रुपन्देहीको देवदह कोलिय देवदह साकोसका व्यवस्थापक विनोद पराजुली पुरस्कृत भएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.