bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

१२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स यही पौष ११ र १२ गते ललितपुरमा हुँदै

pokhariya Holi Notice

काठमाडौ, ७ पौष ।

रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको संयुक्त आयोजनामा १२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स यही पौष ११ र १२ गते ललितपुरमा हुँदै छ । रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अनुसार १२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स हुन लागेको हो ।

नेपालभरी रहेका १ सय ३० वटा रोटर्याक्ट क्लबसँग आबद्ध भएका लगभग १५ सय युवायुवतिहरुको सहभागीता रहने छ । युवा मा लगानी (इन्भेष्टिंग इन द युथ) बिषयको सेरोफेरोमा रहेर सम्मेलनमा सहभागिहरुलाई प्रशिक्षण गराइने छ । युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्ने र रोटर्याक्ट जस्ता सामजिक संस्थाहरुको भुमिकाको बारेमा अबगत गराउनमा यस किसिमको बिषयबस्तु सहयोग पुग्ने बिश्वास आयोजकको छ ।

विगतका वर्षहरु जस्तै यस पालिको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर बिभिन्न तालिम तथा छलफल पनि समावेश गरिने छ । रोटर्याक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा प्रोत्साहन गर्न साझा पार्टीका संयोजक, लेखक, परोपकारी, कवि, अभिनेता र ग्लोबल चैरिटीका संस्थापक रविन्द्र मिश्रा मुख्य प्रशिक्षकको रुपमा हुनुहुने छ ।

Simraungadh Holi Notice

बिबिसि नेपाली सेवाका पुर्व प्रमुख सम्पादक समेत रहनुभएका मिश्राको मोटिभेसनल स्पीच बाट युवाहरुलाई जोश र जागर पलाउने बिश्वास गरिएको छ ।

सम्मेलनमा पहिलो प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र अनुसन्धान पत्रकारिताकी केन्द्रिय अध्यक्ष नम्रता शर्माले प्रशिक्षण दिने कार्यतालिका रहेको छ ।

विभिन्न सरोकारवालाहरूले युवामा कसरी लगानी गर्न प्रयास गर्न सक्दछन् भन्ने बिषयमा सम्मेलन केन्द्रित हुनेछ । प्यानलले युवाहरुलाई सम्भव बनाउने वातावरण निर्माण गर्नेतर्फ उनीहरुसँग सम्भव भएको क्षमताको अभिवृद्धि गरेर देशको लागि सक्षम नागरिकको रुपमा विकास गर्नका लागि युवा सहित विभिन्न सरोकारवालाहरुको भूमिकाको विश्लेषण र अन्वेषण गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई सफल पार्न स्थानिय स्तरमा रोटर्याक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त ब्यवस्थापनको जिम्मेवारी सम्हाल्दै छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.