bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

२८ वर्ष देखि विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ

pokhariya Holi Notice

२८ वर्ष देखि फरार लकडी चोरी मुद्दाका २ जना प्रतिवादी पक्राउ “

बारा जिल्ला अदालत बाट मिति २०४८।११।२० गतेको फैसला आदेशले लकडी चोरी मुद्दामा जनही रु.७७२।- जरिवाना ठहर भए पछि फरार रहेका पक्राउ परेका छन। फरार रहेका जिल्ला बारा साविक गा.वि.स.रमपुर्वा वडा नं.३ हाल परिवर्तित कोल्हवी न.पा.वडा नं.१बस्ने गंगा महरा र सोही ठाउँ बस्ने भिखारी बिनलाई पक्राउ गरिएको छ।

यहि मिति २०७६।०९।०८ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निजहरू ठहर अनुसारको जरिवाना दाखिला गरी छुटेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

त्यस्तै सम्मानित बारा जिल्ला अदालतको मिति २०७१।१०।२५ गतेको फैसला आदेशले गाली बेजज्ती मुद्दामा रू.३००।- जरिवाना लागी फरार रहेका पनि पक्राउ परेका छन। जिल्ला बारा साविक गा.वि.स.सपही वडा नं.९ हाल परिवर्तित कोल्हवी न.पा.वडा नं.४ बस्ने रंजित पौडेललाई मिति २०७६।०९।०८ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निजले ठहर अनुसारको जरिवाना दाखिला गरी छुटेको जिप्रका बाराले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer