अनिल पान्डे, कलैया ।
कलैया बरियारपुर सडकखण्डको पसाहाखोलामा सिमासुरक्षाको जिम्मेबारी सम्हालेका सशस्त्र प्रहरी चेक पोष्टमा दिनहु लुटतन्त्र मचाएको खबर प्राप्त भएको छ। कलैया बरियारपुर सडकखण्ड प्रयोग गर्ने मालबाहक सवारी साधन बाट दिनहु मोटो रकम असुल्ने गरेको पाईएको छ। हुलाकि राजमार्ग प्रयोग गरेर कलैया आउने गरेको माछा लोडगरेको पिकअप भ्यान, धान लोड गरेको ट्याक्टर, तरकारि लोडगरेको गाडि,राँगा बाख्राबाट पैसा असुल्ने काम भईरहेको पाईएकोछ।
पैसा नदिएपछि ओभरलोड छ सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताब खोजि बिभिन्न बहानामा अनावश्यक रुपमा दुख दिने गरेको धान लोड गरेको एक ट्याक्टर चालकले गुनासो गरेका छन। सिम्रोनगढ क्षेत्र बाट आएको माछाको पिक अप भ्यान बाट पनि दिनहु माछा झार्ने गरेको यो कुन किसिमको बाटो टयाक्स बुझन सकिन भनि त्यहिको स्थानिय ब्रिजेश्वर ठकुरले गुनासो गरेका छन।
चेक पोष्टमा भएको सशस्त्र प्रहरि सँग कुराकानि गर्दा चिया नास्ताको लागि अलि अलि रकम असुल्ने गरेको स्विकार गरेकछन। सिमा सुरक्षाको जिम्मेवारी पाएका प्रहरिहरु नै यस्तो किसिमको पैसा असुल्ने गरेको देखेर आफ्नै पदको दुरुपयोग गरेको देखेर त्यहाका समाजसेबि तथा स्थानियहरु धेरै दुखि रहेका छन भन्ने गुनासो रहेकोे छ।