bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रंगशाला निर्माणको लागी अर्घाखाँचीमा जिल्ला सहयोग समन्वय समिती गठन

pokhariya Holi Notice

चितवनमा निर्माण हुन लागेको जिल्ला सहयोग समन्वय समिती गठन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न भन्दै अर्घाखाँचीमा जिल्ला सहयोग समन्वय समिती गठन गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितीमा जिल्ला सहयोग समन्वय समिती गठन गरिएको हो । व्यवसायी कृष्ण भुसालको संयोजकत्वमा २३ सदस्यिय समिती गठन भएको हो । जसको सहसंयोजकमा सहयोगी बिसी, सचिवमा शिव बेल्वासे र कोषाध्यक्षमा राधा आचार्य रहेका छन् । रंगशाला निर्माणमा सहयोग गर्न चाहाने जिल्लावासीले जिल्ला सहयोग समन्वय समिती मार्फत सहयोग गर्न सक्ने छन् ।
समितीलाई धन्यवाद दिंदै धुर्मुस सुन्तली फाउन्डेसनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’ ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला १८ देखी २२ महिना भित्रमा सम्पन्न हुने बताउनु भयो । यो रंगशाला जनताको सहयोगले जनस्तरबाट निर्माण हुने भएकाले धुर्मुस–सुन्तलीको नाम नजोड्न उहाँले आग्रह गर्नुभयो । २२ वटा छुट्टाछुट्टै खेल खेल्न सकिने र रंगशालामा ७७ ओटा कक्ष रहने उहाँको भनाई छ । पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति जाने गरेका र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer