चितवनमा निर्माण हुन लागेको जिल्ला सहयोग समन्वय समिती गठन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न भन्दै अर्घाखाँचीमा जिल्ला सहयोग समन्वय समिती गठन गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितीमा जिल्ला सहयोग समन्वय समिती गठन गरिएको हो । व्यवसायी कृष्ण भुसालको संयोजकत्वमा २३ सदस्यिय समिती गठन भएको हो । जसको सहसंयोजकमा सहयोगी बिसी, सचिवमा शिव बेल्वासे र कोषाध्यक्षमा राधा आचार्य रहेका छन् । रंगशाला निर्माणमा सहयोग गर्न चाहाने जिल्लावासीले जिल्ला सहयोग समन्वय समिती मार्फत सहयोग गर्न सक्ने छन् ।
समितीलाई धन्यवाद दिंदै धुर्मुस सुन्तली फाउन्डेसनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’ ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला १८ देखी २२ महिना भित्रमा सम्पन्न हुने बताउनु भयो । यो रंगशाला जनताको सहयोगले जनस्तरबाट निर्माण हुने भएकाले धुर्मुस–सुन्तलीको नाम नजोड्न उहाँले आग्रह गर्नुभयो । २२ वटा छुट्टाछुट्टै खेल खेल्न सकिने र रंगशालामा ७७ ओटा कक्ष रहने उहाँको भनाई छ । पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति जाने गरेका र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताउनु भयो ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
प्रदेश नं ५ ब्युराे प्रमुख :-
धनी राम काेरी -कपिलवस्तु
माेबाईल नं 9811533038
Next Post