bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बरबरिया र मन्डलको मिलोमतोमा गैरकानूनी रुपमा सार्बजनिक ६ सय रुख बिक्री

pokhariya Holi Notice

धनुषाको सहिद नगरपालिकाका मेयर उदय बरबरिया र वडा न।६ का अध्यक्ष रामएकवाल मन्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य बाहिर आएको छ । गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न नदिएपछि मेयर र वडा अध्यक्षको रहस्य बाहिर आएको हो ।
सहिद नगरपालिका वडा न।६ को बरहकी पोखरी डिलमा रहेको सार्बजनिक रुख मेयर बरबरिया र अध्यक्ष मन्डलले बिक्री गरि कटान सुरु गरेपछी स्थानीय अगुवा तथा राजनितिककर्मीहरुले रोक लगाएका छन । मेयर बरबरिया र अध्यक्ष मन्डलले पोखरी डिलमा रहेको ६ सय सपेताको रुख प्रक्रिया बिना नै रकम कुम्ल्याउनको लागि गोप्य रुपमा बिक्री गरेपछि स्थानीय अगुवा तथा राजनितिककर्मीले रुख काट्न नदिएको समाजबादी पार्टीका यूवा नेता उमेश निरालाले जानकारी दिए ।
स्थानियको आग्रहमा आफूहरुले सार्बजनिक रुखको अबैध बिक्री तथा कटानमा रोक लगाएको निरालाले बताए । यद्यपि उनीहरुले १०र१२ वटा रुख काटिसकेको छ । नगरपालिकामा रुख बिक्री तथा कटानको कागजी प्रक्रिया उपलब्ध गराउन माग गरेको उनले बताए ।
नेता निरालाको अगुवाइ तथा गौरी मन्डल, दिनेश मन्डल लगायत का अगुवाहरुले गैरकानूनी रुख बिक्री बिरुद्ध नगरपालिकाको न्यायीक समिती सहित सम्बन्धित निकायमा उजुरी दिने जानकारी गराए । रुख कटान रोक्नका लागि ईलाका प्रहरी कार्यालय यदूकुहाका ईन्चार्ज दिपक बाबू केसीलाई समेत जानकारी गराइएको छ । ईन्चार्ज केसीले आफ्नो काम शान्ती सुरक्षा मात्र उपलब्ध गराउने प्रतिक्रिया दिएको निरालाले सुनाए ।


रुख काट्न नदिएपछी मेयर बरबरिया गोप्य बैठकमा सक्रिय भएका छ्न । यता गौर कानूनी रुख बिक्री तथा कटान सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा मेयर बरबरिया र वडा अध्यक्ष मन्डलसंग सम्पर्क हुन सकेन ।

Simraungadh Holi Notice

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.