bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नयाँ नेतृत्व चयन गर्दै सकियो १२ औं रोट्रयाक्ट डिष्ट्रिक कन्फ्रेन्स(फोटो फिचर)

pokhariya Holi Notice

काठमाडौं,पुस १६ – रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ ।’युवामा लगानीु’ विषयमा बृहत छलफल गर्दै उक्त कन्फरेन्स सम्पन्न भएको हो ।

Image may contain: 1 person, smiling, text

सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले गरेका थिए । शुक्रबार र शनिबार गरि दुई दिन जारी रहेको सो सम्मेलन ललितपुरमा आयोजना गरिएको थियो ।

रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।

‘युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल गरिएको थियो ।

विगतका वर्षहरुमा जस्तै यसपालिको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर युवासंग सम्बन्धित विषयमा छलफल भएको थियो ।युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ ।

Image may contain: 1 person, on stage and outdoor
साझा पार्टिका संयोजक रविन्द्र मिश्र

रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा युवामा लगानी विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जिवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा सम्बन्धमा प्रकाश पारेका थिए ।

Image may contain: 1 person, indoor

सम्मेलनमा प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिता केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्य बारे छलफल गरेका थिए ।

सम्मेलनको दोस्रो प्यानलको थिम (प्रयास, अवसर र नतिजा) मा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य सौरभ ज्योति, युवा तथा खेलकुद मन्त्रालयका सचिब राम प्रसाद थपलिया र काठमाडौं महानगरपालिकाको मेयरको लागि उम्मेद्वार, युवा राजनीतिज्ञ रन्जु दर्शनले युवामा लगानी विषयक छलफल कार्यक्रममा सहभागिता जनाउदै आ आफ्नो धारणा ब्यक्त गरेका थिए । जसको मोड्रेट निवर्तमान डिआरआर सौगात गौतमले गरेका थिए।

Image may contain: 13 people, people smiling, indoor
डिआरआर सन्जिव पौडेल को २०/२१ डिस्टिक्ट टिम

सन्जिव पौडेलले डिस्ट्रिक्ट थिम (क्रियटिङ भ्यालु) रहेको जनाउँदै अन्य पदाधिकारीहरुको नाम घोषणा गर्नुभयो । एडिआरआरमा आशिव कर्माचार्य, सन्नी गोयल र सागर मल्ल ठकुरी रहनुभएको छ ।
यस्तै सेक्रेटरीमा सम्विद घिमिरे,टे्रजररमा आशिष वाग्ले, क्लब सर्भिस डाईरेक्टरमा सुनिल फुयाँल, कम्युनिटी सर्भिसमा रेशम खड्का, प्रोफेसनल डेभलपमेन्टमा प्रवेश गौतम र इन्टरनेशनल सर्भिसमा वृधिका सेन्चुरी रहनुभएको छ । यसैगरी असिस्टेन्ट ट्रेजररमा प्रकाश शर्मा, श्रृष्टी त्रिपाठी र आदर्श श्रेष्ठ, असिस्सटेन्ट सेक्रेटरीमा सुनिल घिमिरे, निर्भीक केसी र लक्ष्मण खरेल, सर्जेन्ट एट आर्म्समा सुदिप प्रसाई ठकुरी, चयन हुनभयो ।

लिडरसिप ट्रेनररमा साविकराज न्यौपाने, असिस्टेन्ट लिडरसीप ट्रेनरमा ऋषभराज जोशी , बुद्दि जोगी र दिनेश अग्रवाल, पब्लिक रिलेसन अफिसरमा सुशान्त अधिकारी, क्रियटिभ लिडमा प्रकृति ढकाल, टेक्निकल अफिसरमा अनिल पाण्डे, मिडिया अफिसरमा विशन क्षेत्री र शिखर लाल डोटेल रहनुभएको छ । डिष्टिक रोटर्याक्ट कमिटीमा सुन्दर अधिकारी, विरोध सुवेदि, अविन तुलाधर, दुर्गेश श्रेष्ठ र राहुल कसौधन रहनुभएको डिस्ट्रिक्ट कमिटीले जनाएको छ ।

यस्तै डिस्ट्रिक्ट टिममा  १३ ओटा जोनका जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ (जेडआरआर)  पनि रहनेछन् । जोन १ देखी १३ सम्म त्रमश : आकृति भण्डारी, निरज खनाल, सन्दिप पौडेल, विश्व दर्शन पराजुली, लोकराज पाण्डे, रितेश श्रेष्ठ, पुजा माली, डोल्मा शेर्पा, सदिक्क्षा कंडेल, मनिसा श्रेष्ठ, दिनेश गैह्रे, धनन्जय वर्नवाल, प्रकाश कर्नले जोनको रुपमा नेतृत्व गर्ने डिआरआर सन्जिव पौडेलले जानकारी दिनुभयो ।

Image may contain: 1 person, standing and suit
सुमित बज्राचार्य

वर्ष २०२१÷२२ डिष्ट्रिकको नेतृत्व सुमित बज्राचार्यले गर्नुहुने भएको छ । ८५ बढी क्लवको सहभागिता रहेको कन्फरेन्समा १ हजार बढी रोट्रयाक्ट प्रतिनिधीको सहभागिता रहेको थियो ।

 

Image may contain: 14 people, people smiling, people standing

Image may contain: one or more people, shoes and indoor

Image may contain: 1 person, smiling, sitting

Image may contain: 5 people, people smiling, people standing and child

Image may contain: 2 people, text

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer