bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

महानगरपालिका विरुद्ध सुकुम्बासीहरु आन्दोलित,

महानगरपालिका विरुद्ध सुकुम्बासीहरु आन्दोलित,

pokhariya Holi Notice

उषा सरदार ,बिराटनगर
बिराटनगर महानगर भित्रका सुकुम्बासीहरुलाई बिना विकल्प विस्थापित गर्न लागेको भन्दै महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।बिराटनगरका सुकुम्बासीहरुलाई पुस ४ गते बिना क्षतिपूर्ति घर टहरा खाली गराउन महानगरपालिकाले दिएको अल्टिमेटम प्रती महानगरपालिका विरुद्ध १९ वटै वडाका सुकुम्बासीहरुले जम्मा भएर आन्दोलन गर्नु परेको नेपाल भुमिहिन सुकुम्बासी संगठनको अध्यक्ष बुद्धिमान लिम्बुले बताउनु भयो। पाँचालिबाट निकालिएको र्‍यालीले विभिन्न नारा लगाउदै बजार परिक्रमा गरि महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझएको हो।बिराटनगर १ भट्टाचोकमा रहेको ७ घरपरिवारका सुकुम्बासीहरु सहित अन्य स्थानको सार्वजनिक जग्गामा संरचना बनाएर बसोबास गर्दै आएको सुकुम्बासीहरुलाई महानगरपालिकाले पुस ४ गते सूचना जारी गरि अगामी पुस २७ गते सम्म जग्गा खाली गराउन अल्टिमेटम दिएको हो। ५ बुंदे माग सहितको ध्यानाकर्षण पत्र बुझाउदै बुझाएइको माग यथासिघ्र सम्बोधन गर्न माग गरेको छ। सुकुम्बासीहरुले बैकल्पिक व्यवस्था गर्न र अर्को व्यवस्था नभएसम्म उठिबास गरि बिचल्ली नगर्न अनुरोध समेत गरेका छन । पटक पटक विभिन्न निकाय र स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउदा पनि हाम्रो मागलाई वेवास्ता गरिरहेको गुनासो सुकुम्बासीहरुले गरेका छन। सुकुम्बासीहरुले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताएका छन।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सुकुम्बासीहरुले दिएको ध्यानाकर्षण पत्रले आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ। उहाँले उक्त ध्यानाकर्षण पत्र सम्बन्धि निकाय समक्ष पुर्याइ दिने आश्वासन समेत दिनु भएको छ।बिराटनगर महानगरपालिका भरी ३५ हजार सुकुम्बासीहरु बसोबास गर्दै आइरहेको नेपाल भुमिहिन सुकुम्बासी संगठनका अध्यक्ष बुद्धिमान लिम्बुले बताउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer