bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश १ ले थालियो सडक बालबालिका मुक्त अभियान

प्रदेश १ ले थालियो सडक बालबालिका मुक्त अभियान

pokhariya Holi Notice

उषा सरदार, बिराटनगर
सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार भन्ने नारा सहित प्रदेश १ सरकारले सडक बालबालिका मुक्त प्रदेश बनाउने रात्रीकालिन अभियानको शुक्रबार सुनसरीको धरानबाट शुभारम्भ गरिने भएको छ। सडकमा पुगेका वेवारिसे एवं आश्रित ३० जना बालबालिकाहरुलाई धरानबाट उद्धार गरि अभियाको सुरुवात गरिने बताइएको छ। बिराटनगरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषदको आयोजना तथा प्रदेश १ को समन्वयमा बाल अधिकारको स्थिति सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि प्रदेश १ मा सडक बालबालिकाका खोजी तथा उद्धार अभियानको थालनी गर्ने घोषणा गरेको हो। उक्त अन्तरक्रियामा बोल्दै मुख्य मन्त्री शेरधन राईले प्रदेश १ बाट महत्त्वपूर्ण कार्यको शुरूवात हुन लागेको बताउनु भएको छ। मुलुक संघिय संरचनामा रुपान्तरण भइ सकेको बेला मुलुकको समृद्धि र बिकासको निम्ति तीन तहको सरकार सङ्ग सहकार्य गरि सहयोग र समन्वय गर्दै अगाडी बढनु पर्ने बताउनु भयो ।उहाँले प्रदेश सरकारको आवधिक योजनामा नै सडक बालबालिका मुक्त बनाउने घोषणालाई सार्थक बनाउन संघीय सरकारले ल्याएको नीतिले थप टेवा पुगने बताउनु भयो।राईले सरकारले निर्माण गर्ने नीति ऐनमा सतप्रतिशत सडक बालबालिका मुक्त नीति तथा कानुन बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वता गुरुङले संघीय सरकारले ल्याएको अवधारणालाई आत्मसाथ गर्दै काठमाडौमा गरेको अभ्यासलाई प्रदेश १ मा हस्तान्तरण गर्ने नीति अनुसार अभियान चलाएर प्रदेशमा भएका सडक बालबालिकाको खोजी तथा उद्धार गर्ने अभियान संचालन गरिने बताउनु भयो ।गुरुङले संविधानमा नै बालबालिकाले खान पाउने ,लगाउन पाउने ,पठनपाठन गर्न पाउने अधिकारलाई कार्यान्वयनको लागि सरकारले जिम्मा लिने र तिनै तहको सरकारको बिचमा अवधारणा बिकास गरेर एकीकृत सोचबाट अगाडि बढाउदै अभियानलाई सार्थकता दिनु पर्ने बताउनु भयो।
प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले यो अभियानलाई सफल बनाउन आज तिनओटै तहलाई राखेर कार्यक्रम गरिरहेको र हरेक ठाउँमा सहकार्य साझेदारी र संविधानको मर्म अनुसार अगाडी बढी रहेको बताउनु भयो।उहाँले अब कुनै पनि बाध्यताले सडकमा बस्नु पर्ने अवस्थाको अन्तय आजै बाट हुनु पर्ने बताउनु भयो ।सडक बालबालिका मुक्त बनाउने अभियानमा पालिकाहरुलाई पनि साझेदार बनाएर अगाडी बढनु पर्ने बताउनु भयो। यो क्रम जारी राख्नुको साथै बेलाबेला बालबालिका राख्ने गृहको अनुगमन र नियमन गरिरहनु पर्नेमा जोड दिनु भयो।
सामाजिक बिकास मन्त्रालय सचिब वीर बहादुर राईले प्रदेश १ का मुख्य सडक सुनसरीका धरान र ईटहरी, झापाको दमक र बिर्तामोडमा ६३ जना सडक बालबालिकाहरु रहेका छन । नेपालमा कुल ५ सय ३३ बालगृह मध्ये १ नम्बर प्रदेशमा १ सय २८ वटा रहेकोमा हाल १४ वटा मात्र संचालनमा रहेको बताउनु भयो।
नेपालमा करिब ५ हजार सडक बालबालिकाहरु रहेको तथ्यांक प्रस्तुत गर्नु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer