विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

पर्साका कर्मचारीद्धारा जनप्रतिधि परास्त 

2,153

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

अनिल तिवारी /वीरगन्ज// जनप्रनिधिहरुलाइ ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सम्पन्न भएको मैत्रीपुर्ण भुटबल प्रतियोगीतामा कर्मचारीहरुको टिम बिजयी भएको छ । कर्मचारी मिलन केन्द्रपर्साले शुक्रबार दिउसो आयोजना गरेकोे मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुको टिम बिजयी भएको हो । वीरगन्जको नारायणी रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुको टिमले स्थानीय  जनप्रतिनिधीहरुको टिमलाइ दुइका विरुद्ध चार गोलले पराजित गरेको छ । मैत्रीपूर्ण खेलमा स्थानीय तहका जनप्रतिनिधीहरुको नेतृत्व वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले र कर्मचारीहरुको नेतृत्व पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराइले गर्नु भएको थियो । खेलको सुरुमै जनप्रतिनिधिहरुको टिमबाट शियानन्द चौहानले पहिलो गोल गरेको २०मिनेपछि डिएरीया जनप्रतिनिहरुको खेलाडिबाटभएको आत्मघाती पेनाल्टीमा कर्मचारीको तर्फबाट टार्जन कुवरले गोल गरेपछि दुबै तर्फको खेल आक्रामक भएको थियो ।जन प्रतिनिधिहरुको तर्फबाट दोश्रो गोल राधेश्याम प्रसाद थारुले प्रहार गरेका थिए भन्ने कर्मचारीहरुको तर्फबाट राजेश दत्तले २गोल र गोपी कोइरालाले एक गोहगरेका थिए ।

Thank you for reading this post, don't forget to subscribe!

जनप्रतिनिहरुको टिममा जिल्ला सवन्य समितिका  सभापति नेकमहमद अंसारी ,ठोरी गाउपालिकाका अध्यक्ष पिएल श्रेष्टट,लगायतका जनप्रतिनिहरुको सहभागीता रहेको थियो भन्ने कर्मचारीहरुको तर्फबा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसाल,विगन्ज भन्सार कार्यालयका बरिष्ट प्रशासक श्याम प्रसाद भन्डारी,प्रमुख सेनानी श्रीजन बहादुर मल्ल,प्रहरी उपरिक्ष रेवती ढकाल लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

devatal gapa

सौहार्दपुर्ण सम्पन्न भएको खेल पश्चात बिजयी खेलाडिहरुलाई पदक,शिल्ड तथा २५हजार रुपैया पुरस्कार बितरण  प्रमुख वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी,जिल्ला समन्वय समितिका सभापति नेकमहमद अाांसारी र पर्साका प्रमुख जिल्ला अधिकार िनारायण प्रसाद भटराईले बितरण गर्नुभएको थियो ।पुरस्कार बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख विजय कुमार सरावगीले धेरै दिन पछि मैत्रीपुर्ण खेल भएको र यसलाई निरन्तरता दिराख्नु पर्ने बताउनु भए । यसतो मैत्री पुर्ण खेलले विभिन्न निकायहरुको बिचमा परिचय,समन्वय तथा आत्मीयता बढनुको साथै खेलप्रतिको आक्रषण पनि बढने उहाको भनाइ समेत रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दैप्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराईले खेलमा जो विजय भएपनि यसको खुसी सबैमिलेट  बाटनु पर्ने बताउदै विजयी पुरस्कारको राशीबाट सबै मिलेर होलिमिलन समारोह कार्यक्रम गर्ने घोषणा समेत गर्नुभयो ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.