लोकतन्त्र माथी विधि र नेतृत्व माथी नीति सधैं हावी हुनु पर्छ – प्रदेश प्रमुख प्यासी
लोकतन्त्र माथी विधि र नेतृत्व माथी नीति सधैं हावी हुनु पर्छ - प्रदेश प्रमुख प्यासी
उषा सरदार ,बिराटनगर
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकार ‘प्यासी ‘ ले नीति र बिधिले लोकतन्त्रलाई मजबुत बनाउने भएकोले नेताहरुमा नीति हावी हुनु पर्ने बताउनु भयो। प्रदेश १ मा दुई महिना अगाडी मात्र आउनु भएको प्यासिले मुलुकमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर रक्षा गर्न पनि विधि र नीति नै भएकोले यसलाई आत्मसात गर्दै अगाडी बढनु पर्ने पताउनु भएको छ।
बिराटनगरमा पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा बोल्दै प्यासी ले व्यक्ति भन्दा माथी विधि र नेतृत्व भन्दा माथी नीति रहेको छ भन्ने कुरालाई सबैले बुझेको खण्डमा लोकतन्त्रले सजिलै आफ्नो ठाउँ लिन सकिने बताउनु भयो। मुलुकको ब्यवस्था प्रती सबैलाई जवाफदेही र जिम्मेवार बनाउन विधि र नितिले ठूलो भुमिका खेल्ने भएकोले यसमा बेथिती आउन नदिन प्रेसले बेला बेलामा खबरदारी गर्नु पर्ने समेत बताउनु भयो।
प्यासीले सबैलाई बराबरी रुपमा लिएर जाने साथै सबै संग समन्वयात्मक भुमिका निर्वाह गर्ने कसैमाथी पक्षपात र भेदभाव नगरी सबैको साझा मान्छे भएर यो प्रदेशबाट जाने इच्छा रहेको बताउनु भयो ।प्यासीले विचारमा लागेको लेउ पखाल्न गाह्रो हुने भन्दै त्यसतो हुन नदिन सधै सबै संग सहि व्यबहार गर्दै अगाडी बढने प्रतिबद्ध समेत व्यक्त गर्नु भयो। उहाँले व्यक्ति राज्यको जति ठुलो ठाउँमा पुगेपनी पत्रकारिता क्षेत्रबाट उसलाई आलोचना ,प्रशन्सा,रचनात्मकताबाट दिशानिर्देश गरिरहने बताउनु भयो।संचारकर्मीहरुले सुचनालाई सुचना बनाएर जनताको सामु ल्याईदिएकोले जनता सुचित हुने गरेको बताउनु भयो। भ्रमण वर्ष २०२० सफल बनाउन सबै पर्यटन प्रवद्धनमा ध्यान केन्द्रीय गरेर देश र प्रदेशको बिकाशमा सहयोग गर्नु पर्नेमा जोड दिनु भयो।उहाँले प्रदेश नम्बर १ पर्यटन प्रवर्द्धनको रुपले पनि १ नम्बर नै हुनु पर्ने भन्दै त्यसको लागि हामीसंग रहेको प्राकृतिक र ऐतिहासिक बस्तुको अझै खोजि र संरक्षणको आवस्यकता रहेको बताउदै दिगो हिसाबले पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनु भयो।प्यासीले यसको लागि सबै संग सहकार्य र समन्वय गरेर अगाडी बढनु पर्ने समेत सुझाउनु भएको छ।उहाँले मानव ,पृथ्वी र वातावरणमा संचारकर्मीले सकारात्मक भुमिका खेलेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्न समेत अपिल गर्नु भएको छ।प्यासीले प्रेसले परिवर्तनका लागि कलम चलाएर देश बिकासमा सहयोग पुर्याएकोले पत्रकार र पत्रकारितालाई सम्मान गर्ने बताउनु भएको छ।