विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

महायज्ञको अवधिभरी पन्टोका–छपकैया र आइसिपिको बाटो खुला गराइने

अश्वमेध महायज्ञको बारेमा नेपाल भारतका सुरक्षा अधिकारीहरुसगं छलफल

0 1,356

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
वीरगन्ज// नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई भब्यरुपमा शान्तिपुर्ण सफल बनाउन नेपाल तथा भारतका सुरुक्षा अधिकारी लगायत सरोकारवाला निकायका प्रमुखहरुसगं छलफल भएको छ । महायज्ञलाई शान्तिपुर्ण सफल बनाउनुको साथै भारत लगायत विभिन्न मुलुकबाट आएका भक्तजनहरुको सिमामा सुगम एवं व्यवस्थीत आवागनको लागी  सिमावर्ती सुरक्षा अधिकारीहरुबिच छलफल भएको हो ।वीरगन्जको होटल पुजनमा सम्पन्न भएको उक्त बैठकमा भारतको सिमावर्ती सहर  रक्सौल तथा त्यसआसपास भएर आउने भक्तजनहरुको आवागनलाई सुगमता र सहज बनाउन यज्ञको अवधिभरी पन्टोका तथा आइसिपिको बाटोमा पनि सवारी साधनहरुको आवागमनलाइ खुलाउने सहमति भएको छ ।साथै भारतको विभिन्न प्रान्तबाट आउने भक्तजनहरुको लागी वीरगन्जको रक्सौल स्टेशन नजिकै रहेको गायत्री मन्दिर र बाटा चौक लगायतका आवश्यक ठाउहरुमा सुचनाडेस्क स्थापना गरिने महायज्ञ आयोजन समितिले जनाएको छ । अश्वमेध आयोजन समितीका कार्यकारी अध्यक्ष विजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा महायज्ञलाई शान्तिपुर्ण बनाउन सुरक्षाका सबै अगंहरुलाई परिचालन गर्नुको साथै सिसिकेमरा,ड्रोन केमरा लागयतका विभिन्न प्राविधिक उपकरणहरुको यज्ञस्थलमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले महायज्ञलाई सफल बनाउन सुरक्षाका सबै अगंहरुलाई आवश्यकता अनुसार परिचालन गर्ने बताउनु भयो ।उहाले महायज्ञमा लाखौ भक्तजनहरुको सहभागीता हुनेभएकोले सुरक्षाकोे सबै सम्वेदन सिलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापनलाई कडा बनाउनु बताउनु भयो ।बैठकमा भारतको तर्फबाट सहभागी हुनु भएका भारतीय महावाणिज्य दुतावास वीरगन्जका सुचना एवम सुरक्षा कान्सुलर सुरेश कुमार,सिमावर्ती सहर रक्सौलका डिएसपि संजय कुमार ,एसडिएम अभित कुमार लगायतका पदाधिकारीहरुले महायज्ञलाई सफल बनाउन नेपाली पदाधिकारीहरुको समन्वयमा भारतीय पक्षबाट चाहिने आवश्यक सबै सहयोगहरु प्रदान गर्ने प्रतवद्धता व्यक्त गर्नुभयो ।
देवताल psa

    साथै महायज्ञस्थलको बिधुतको क्षमता तथा व्यवस्थापन,सेक्युरिटि सभिर्स कम्पनीले गरको व्यवस्थापन लगायत  टेलिकमले मोबाइलको छमतालाई बढाउन गाडिहरुको व्यवस्थापन लागयतका विषहरुको समेत छलफल भएको थियो । बैठकमा जि फोर्स सेक्यूरिटिका पदाधिकारीहरुले यज्ञस्थलमा गरिएको सुरक्षा गार्ड तथा सिसि केमरा लगायत विभिन्न प्राविधि उपकरणहरुद्धारा प्रदान गरिने सुरक्षा व्यवस्थाको बारेमा समेत जानकारी गराएका थिए ।
फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.