विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

आजदेखि अश्वमेध महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शाला निर्माणकार्य शुरु

सवैको प्रेरणा र सहयोगले हुन गईरहेको महायज्ञ सफल बनाउन नगरवासीमा अपिल—मेयर सरावगी

0 1,644

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

वीरगन्ज // वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शालाको निर्माण कार्य आजदेखि शुरु भएको छ । आर्दशनगर रगंशालामा आयोजन गरिएको महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शाला निर्माणको पुजन आईतबार भव्य रुपमा भएको छ ।  महायज्ञ आयोजन समिती वीरगन्जका संयोजक एव वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भिष्म भुषालले संयुक्त रुपमा यज्ञ कुण्डको विधिवत रुपमा पुजापाठ गरी शुरुवात गर्नु भएको हो । आज चारवटा यज्ञकुण्ड तयारी गरि प्रारम्भ गरिएको छ, कुण्ड यज्ञ पुजनमा मुख्य जजमानको रुपमा रहेका मनोद दास र विशाल पटवारीको पनि सहभागिता रहेको थियो । यज्ञ कुण्डको विधिवत पुजन भएपछि आजदेखि २५१ यज्ञ कुण्ड निर्माण कार्य प्रारम्भ हुने छ ।

महायज्ञको पूर्व सन्धयामा सम्पूर्ण यज्ञकुण्ड तयारी हुने आयोजक समितीले जनाएको छ । यज्ञ कुण्डको पुजन शान्तिकुन्च हरिद्धार भारतबाट आएकी ब्रहमवादणी महिला टोलीले विधिपूर्वक पुजापाठ गरी यज्ञको प्रारम्भ गराएका हो । ब्रहमवादणी टोलीकी प्रमुख श्यामा राठौरको नेतृत्वमा रहेको महिला टोलीले पुजापाठ गरेका थिए । कुण्ड पुजनमा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञ सफल बनाउन तथारुकताका साथ लाग्न स्वंयसेवकहरुलाई आग्रह गर्नुभएको छ ।  हामीले स्वंयसेवकको लागि हरेक सुविधाको व्यवस्था मिलाएका छौ, तर पनि खाना, बस्नमा केहि कठिनाई भएता पनि राष्ट्रको सम्बृद्धि, मनुष्यको शिघ्र स्वास्थ्य, धर्मको उत्थानको लागि हुन गईरहेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन हातोमालो गरेर अगाडी सवैमा उनले आग्रह गरे । नेपालको भुमि वीरगन्जमा पहिलो पल्ट हुन गईरहेको अश्वमेध गायत्री महायज्ञ हाम्रो लागि गौरवको विषय हो उनले भने, सवैको प्रेरणा र सहयोगले हुन गईरहेकोले यसलाई सफल बनाउन हामी दिनरात एक नबुझि लाग्नु छ ।
महायज्ञ सफल बनाउन पर्साका सम्पूर्ण सुरक्षा निकायहरु पनि लागि परेको बताउदै महायज्ञमा सहभागि हुन आउँने पाहुनाको स्वागतको लागि वीरगन्जको मुख्यनाका अत्याधिक भिड हुने भएकोले अन्य नाकाबाट पनि प्रवेश गराउने सुरक्षा व्यवस्था मिलाउने काम भईरहेको उनले बताए । यज्ञ कुण्ड प्रारम्भ पुजन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भिष्म भुषालले भने, महायज्ञ सफल बनाउन गायत्री माताले हामीलाई जिम्मेवारी दिनु भएको छ, यो हाम्रो लागि सौभाग्यको कुरा रहेकोले यसको सफलताको लागि महानगरपालिका निरन्तर लागि पर्ने छ ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.