bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियानमा प्रदेश सरकार

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियानमा प्रदेश सरकार

pokhariya Holi Notice

उषा सरदार,बिराटनगर
प्रदेश १ का सामाजिक बिकास मन्त्रालयले स्वास्थ जीवन प्रवर्द्धनका लागि धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियान आज बिराटनगरबाट सुरु गरेको छ। सुर्तीजन्य पदार्थ होइन ,स्वास्थ जीवन रोजौँ भन्ने मूल संदेश सहित सोमबार बिराटनगरबाट स्वास्थ जीवन प्रवर्द्धन अभियानको थाल्नी गरेको हो। सामाजिक बिकास मन्त्रालयको अगुवाइमा आज बिराटनगरस्थित सहिद रंगशालाबाट बृहत र्‍याली निकाली बजार परिक्रमा गरि जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो।उक्त सभालाई सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री जीवन घिमिरेले प्रदेश १ को राजधानी बिराटनगर महानगरपालिका संगसंगै मोरङका सबै पालिकामा सुर्तीजन्य पदार्थ पुर्ण नियन्त्रण र नियमन सम्बन्धि कानुनी व्यवस्थाको पुर्ण परिपालना गर्ने निर्णय गरेको बताउनु भयो। उहाँले यो अभियानलाई माघ मसान्त भित्र कार्यान्वयन गर्ने गरि वातावरण तयार गर्ने बताउनु भयो।उहाले यो अभियानको निम्ति अब हरेक स्कुल र स्वास्थ्य संस्थाले आ – आफ्नो संस्थाको सय मिटर आसपासका क्षेत्रफलमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कानुनी अवस्था कार्यान्वयन भएको घोषणाको लागि अभियान संचालन गरि बिराटनगर महानगरपालिका लगायत मोरङ जिल्लालाई माघ मसान्त भित्र घोषणा गर्ने र चैत्र मसान्त भित्रमा अन्य १३ वटा जिल्लामा पनि नियन्त्रण र नियमन गरि २०७७ बैशाख १ गते नयाँ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन युक्त प्रदेशको रुपमा घोषणा गर्ने तयारी गरिरहेको बताउनु भयो। सोही अवसरमा बोल्दै बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले सरकारको मात्र एकलो प्रयासले यो अभियानले सार्थकता पाउन नसकिने भएकोले यो अभियानलाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भएको छ। उहाँले बिराटनगर भित्र सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा पुर्ण रोक लगाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।पराजुलीले अभियानको पहिलो चरणमा स्कुल ,कलेज र अस्पतालको सय मिटर आसपासको क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने बताउनु भयो। उहाले राज्यले पनि सुर्तीजन्य पदार्थको प्रयोग र बिक्रीवितरणलाई नियन्त्रण र नियमन गर्न कडाईका साथ कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भएको छ।नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष १५ हजार मानिसको मृत्यु हुने गरेको छ। त्यस्तै बिश्वमा धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनको कारण बर्सेनि ६ लाख मानिसको मृत्यु हुने गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer