bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

लायन्स क्लबको स्थापना वर्षको अवसरमा एकै साथ १ सय ३ वटा कार्यक्रमहरु गर्दै

लायन्स क्लबको स्थापना वर्षको अवसरमा एकै साथ १ सय ३ वटा कार्यक्रमहरु गर्दै

pokhariya Holi Notice

उषा सरदार,बिराटनगर
लायन्स क्लब इन्टरनेसनलको स्थापना भएको १ सय ३ वर्ष ,नेपालमा ५० वर्ष र लायन्स क्लब बिराटनगर सिटीको १२ वर्ष पुगेको अवसरमा बिराटनगरमा एकै साथ १ सय ३ वटा कार्यक्रमहरु गर्ने भएको छ। बिराटनगर महानगरपालिका ५ स्थित एभरेस्ट उच्च मा. बि. को प्रांगणमा माघ १० गते एकै दिन ,एकै समय र एकै स्थानमा १ सय ३ वटा स्टलहरु राखी एकै साथ विभिन्न प्रकारका सेवा प्रदान गर्ने आयोजकले बताउनु भएको छ। मंगलबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लायन्स क्लब अफ बिराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेलले लायन्स क्लबको इतिहासमा पहिलो पल्ट एकै दिन ,एकै समय र एकै स्थानमा १ सय ३ किसिमका सेवाहरु प्रदान गरिने प्रयास गरिएको बताउनु भयो। उहाँले सो कार्यक्रम मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरू माझ भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन समेत गर्ने लक्ष्य रहेको बताउनु भयो। उहाँले अहिले सम्ममा क्लबले १ सय २५ भन्दा बढी ब्लड डोनेशन, हेल्थ क्याम्प,आई स्कृनिंग ,खाद्यान वितरण , रथ यात्रामा भक्तजनहरुलाई सितलजल सहित सरवत वितरण ,क्यान्सर ,मुटुरोगी जस्ता गरिब परिवारका सदस्यलाई उपचार खर्च व्यवस्थापन ,बाढी पीडित लाई राहत वितरण ,लत्ता कपडा , खाद्यान्य सामग्री वितरण लगायत कार्यहरू सम्पन्न गरि सकेको छ। अब क्लबले गर्ने १ सय ३ वटा कार्यक्रमहरुमा एलोपेथिक,होमियोपेथिक,आयुर्वेदिक र योगा बारे जानकारी साथै नि: शुल्क स्वास्थ्य परिक्षण ,अतिबिपन्न वर्गका कक्षा एकमा पढने ५ सय जनालाई स्टेस्नरी सामग्री वितरण ,नेवारी ,थारु राजवंशी ,यादव ,पिछडा वर्ग लगायत जातिहरुका खाजा घर संचालन तथा प्रवर्द्धन ,पर्यावरण संरक्षण तथा जलवायु परिवर्तन ,सुरक्षित मातृत्व ,प्रसुती शिक्षा तथा बृहत स्वास्थ्य सम्बन्धि शिविर संचालन ,सांस्कृतिक कार्यक्रम ,बाल प्रवर्द्धन कार्यक्रम ,रक्तदान कार्यक्रम , कल्चरल फोटो सुट ,बौद्धिक खेलहरु लगायतका विविध कार्यक्रमहरुको स्टलहरु राख्ने आयोजकले बताउनु भयो । उक्त कार्यक्रममा खाना बाहेक सबै सेवा नि : शुल्क उपलब्ध गराइने छ। उक्त कार्यक्रमको लागि १३ लाख जति खर्च हुने अनुमान आयोजकले गरेको छ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.