माघ ८ / गुल्मी
नेपालीको खानपान अचम्मले बदलिएको छ । पहिले मिठो मसिनो अर्थात भात खानेलाई धनी भन्थे । आटो पीठो र ढिँडो खानेलाई गरिवमा गन्थे । अहिले धनी आटो पीठो ढिडो खान्छन् । गरिवले भात । गाउँमा मकै र कोदोले भरिएका छन् । तर मधेशको चामल नभए भान्सा चल्दैन् । अझै पनि गाउँमा कोदोलाई हेला र दुखको खेती मानिएको छ । कैयन खेत बाँझिएका छन् । त्यसको चौगुणा बारी बाँझा छन् ।
कोदोको माग ठुला बजार र मान्छेमा बढि छ । गाउँमा खेति गर्न छाडे । सोहि अवस्थाको अन्त्यको लागि जिल्लाको इस्मा गाउँपालिकाले कोदोको प्रर्बद्धन थालेको इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताए । जसका लागि घरमै पुगेर कोदा खरिद गर्दै आएको छ । कोदो खेतिमा कृषकलाई थप उत्प्रेरित गर्न अहिले कृषकको घरमै पुगेर कोदो संकलन गर्ने र स्थानीय सहकारी मार्फत बजारीकरण गर्ने काम भइरहेको बिष्टले बताए ।
कोदोको मुल्य निर्धारण
कोदो उत्पादनको दृष्टिकोणले इस्मा गाउँपालिका अत्यन्तै राम्रो मानिन्छ । गाउँपालिकाले कोदोको मुल्य प्रति किलो ५० रुपैयाँ निर्धारण गरेको छ । सहकारीले प्रति किलो एक रुपैयाँ गाउँपालिकाको तर्फबाट ढुवानी अनुदान पाउने व्यावस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । अहिलेसम्म गाउँमा बिचौलियाले मनलाग्दी मुल्यमा कोदो खरिद गर्ने गरेका थिए । गाउँपालिकाको यो अभियानले बिचौलियाको समेत अन्त्य भएको बस्नेतले बताए । उनले गाउँपालिकाले सहकारीलाई कोदो प्रशोधन गर्ने र तौल लिने मेसिन तथा गाउँपालिकाको पहिचानसहितको बोरा अनुदानमा उपलब्ध गराउने बताए ।
कोदोको माग बढ्दै
गाउँपालिकाले इस्मा कृषि तथा पशु महिला सहकारी सस्था र भविष्य निर्माण साना किसान सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । भविष्य निर्माण साना किसान सहकारी संस्थाले अहिलेसम्म एक हजार २० किलो कोदा बिक्री गरेको छ । भने दुई हजार चार सय किलो सहकारीमा संकलन भएको सहकारीको व्यावस्थापक कमला अधिकारीले बताइन् । त्यस्तै बिन्दबासिनी चिउरा उद्योग पोखराले प्रति किलो ५१ रुपैयाँमा १० टन कोदोको माग गरेको इस्मा गाउँपालिकाका प्रवक्ता गनु प्रसाद अधिकारीले बताए । उद्योगको टोली इस्मा गाउँपालिका आएर कोदो अवस्था बुझेर फर्केकाले अब केहि समयमा सम्झौता गर्ने अधिकारीले बताए ।
कोदो मुल्य पाएपछि किसान खुसी
गाउँमा कोदोको ढिडो र रोटी खाने अत्यन्तै कम छन् । जेनतेन उत्पादन भएको कोदो पनि भकारीमै थन्किन्थ्यो । स्थानीय केहि व्यक्तिले मदिरा उत्पादनका लागि कोदो खरिद गर्छन् । त्यो पनि मुखको मुल्य भयो । तर अहिले गाउँपालिकाले सहकारी मार्फत उचित मुल्यमा कोदो खरिद गर्न थालेपछि किसान खुसी छन् । ‘गाउँमा पहिले किलोको ३० पनि पर्थेन अहिले ५० रुपैयाँमा कोदो गाउँपालिकाले किन्यो खुसी नहुने कुरै भएन,’इस्मा गाउँपालिका ४ का शेर बहादुर बिष्टले भने,‘उत्पादनसंगै बजारको ग्यारेन्टी भए किसानले काम गर्छन् ।’ सोहि गाउँकै हिमलाल अर्यालले पनि भर्खरै सहकारी मार्फत करिव दुई क्विन्टल कोदो बेचे । उत्पादनले मुल्य पाउँदा बल्ल कृषि गरेर गरेजस्तै भएको प्रतिक्रिया दिए ।
खाजा कोदोको रोटी, कोसेली पीठो
खाजा कोदोकै रोटी । कोसेली पीठो । इस्मा गाउँपालिकाले अहिले इस्मा गाउँपालिका भित्रका कार्यक्रमहरुमा खाजाको रुपमा कोदोको परिकारलाई अगाडी बढाउने अभ्यास थालेको छ । भने बिदाईसंगै कोसेली कोदोकै पीठो दिने गरिएको इस्मा गाउँपालिका उपप्रमुख बिमला केसीले बताइन् । पहिले गाउँपालिका भित्रै कोदो उत्पादन, उपयोग र प्रर्बद्धनमा जोड नदिए बाहिरी बजारमा त्यसको विश्वास कम हुने केसीको भनाई छ । ‘कोदोको खाजा र पीठो कोसेली दिने गरेका छौ त्यसले पनि इस्माको पहिचान बढेको छ,’उनले भनिन,‘स्वास्थ्य र उत्पादनको हिसाबले प्रर्बद्धन थालेका छौ ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
प्रदेश नं ५ ब्युराे प्रमुख :-
धनी राम काेरी -कपिलवस्तु
माेबाईल नं 9811533038