bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जेनरल अस्पतालले बचायो ५ वर्षीय रिहानको ज्यान

जेनरल अस्पतालले बचायो ५ वर्षीय रिहानको ज्यान

pokhariya Holi Notice

उषा सरदार,बिराटनगर
एसिड खाएर सिकिस्त बिरामी भएका ५ वर्षीय बालक रिहान धिमाललाई विराटनगरकाे जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरले सफल उपचार गरि जीवन बचाएकाे छ ।
ब्याट्रिमा हाल्ने एसिड खाएर बिरामी भएका धिमाललाई कुनैपनि अस्पतालले उपचारका लागि भर्ना गर्न नमानेपछि जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा लगिएकाे थियाे । सिकिस्त अवस्थामा रहेका बालककाे उपचारमा जुटेका डा. फरेन्द्र शाहले उनकाे सफल उपचार गरेको हो ।
त्यस अघि उनलाई बेलबारी स्थित नोबेल अस्पतालमा र धरानस्थित घोपा क्याम्पले उपचारका लागि अन्यत्र लैजान भनेपछि परिवारका सदस्यहरू तनावमा थिए ।रिहानकी अामाले भनिन् धरानमा भर्ना लिन नमाने पछि हामीले त आशानै छाडी सकेका थियौ। तर डा. शाहले मेरो बच्चालाई नयाँ जीवन दिनुभयाे ।
जेनरल अस्पतालको बालरोग विशेषज्ञ डा. फरेन्द्र शाहले रिहानकाे सफल उपचार गर्नु भएको हो ।
पुस २९ गते अस्पताल भर्ना भएको रिहान एक हप्ता पछि बुधबार डिस्चार्ज भएर घर फर्केको छ ।४ महिना अगाडी संचालनमा आएको उक्त अस्पतालले गरिब र असहायहरुको लागि विशेष छुटको व्यवस्था गर्दै आई रहेको अस्पतालले जनाएको छ।हामीले दिएको सेवाले सेवाग्राही खुशी र संतुष्ट भएर जाउन भन्ने चाहना अस्पतालको रहेको अस्पतालका संचालक जय प्रकाश रायले बताउनु भयो।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.