bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

उनले अघि भने, मेरो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने छु

pokhariya Holi Notice

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार गरेको पत्रकार सम्मेलनमा कालिनले भने, ‘नेपाली खेलाडी प्रतिभाशाली छन् । यो दुई वर्षे अवधिमा नेपाली फुटबलको स्तर उक्सिनेछ ।’ नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने तयारीमा रहेका स्वीडिस प्रशिक्षक योहान कालिनले आफ्नो लक्ष्य साफ च्याम्पियनसिप भएको बताएका छन् । आवश्यक पर्ने कागजात मिलाउन काठमाडौं आएका उनले पत्रकारसँग कुरा गर्दै नेपाली खेलाडीहरुको प्रशंसा समेत गरे ।

उनले अघि भने, ‘मेरो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने छु’  ।

कालिनले अहिलेसम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर भने कुनै टिम सम्हालेका छैनन् । उनको लागि पनि यो एउटा अवसर हो भने नेपाली फुटबलका लागि प्रगति गर्ने मौका छ । कालिन भन्छन्, ‘प्रेसर त छ तर, चुनौतीको सामना गर्न म तयार छु । मेरो लागि यो अवसर पनि हो ।’उनले २०१० मा यूईएफएबाट लाइसेन्स लिएका थिए । त्यस्तै स्वीडेनको तेस्रो डिभिजन क्लबबाट उनले व्यवसायिक प्रशिक्षण सुरु गरेका थिए ।

२०७० सालमा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबलाई प्रशिक्षण दिन उनी नेपाल आएका थिए । त्यसको करिब पाँच वर्षपछि उनी नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्न आएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उनीसँग भएको पारिश्रमिकको सम्झौताका बारेमा केही भन्न नमिल्ने बताए । अध्यक्ष शेर्पाले भने ‘नेपाल सरकारसँगको श्रम स्वीकृतिविना केही भनिहाल्न मिल्दैन । सबै प्रक्रिया पूरा भएपछि तपाईहरुलाई जानकारी गराउने छौं ।’

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer