bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सिरहामा एम.एन.पि.एल क्रिकेट प्रतियोगिता सम्पन्न

pokhariya Holi Notice

गणेश कुमार शर्मा
सिरहा,माघ १४ गते । मिर्चैया नगरपालिका वडा नं. ५ मा एम.एन.पि.एले क्रिकेट प्रतियोगिता समापन भएको छ । ४ वटा टिम समहभागि भएको अन्तिम फाईनल खेलमा बजार शान्ति सनराइजर क्रिकेट टीम पहिलो र सल्हेश टाईगर क्रिकेट टीम दोश्रो भएको छ ।

उक्त खेलको मुख्य प्रायोजक मिर्चैया वडा नं. ६ स्थित सगरमाथा वोर्डिङ्ग स्कुल रहेकोले सगरमाथा स्कुल मिर्चैया नगर प्रिमियरलिग नाम रहेकोको हो । सल्हेश टाईगर र शान्ति सनराइजर बिचभएको खेलमा टस जितेर ब्याटिङ्गगरेको सल्हेश टाईगर क्रिकेट टीमले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १०३ रन वनाई बजार शान्ति सनराइजर क्रिकेट टीमलाई १०४ रनको लक्ष्य राखेकोमा शान्ति सनराइजर क्रिकेट टीमले १८.३ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन वनाई प्रथाम सगसमाथा स्कुल मिर्चैया नगर प्रिमियर लिगको विजेता बन्न सफल भएको छ । त्यसै गरि उपविजेता सल्हेश टाईगर क्रिकेट टीम प्रतियोगिताको लिगखेल सबै जितेर आएपनि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा हार वेहोर्नु परेको कप्तान रियाज अलिले वताएका थिए ।

फाइनल खेलमा म्यान अफद म्याच शान्ति सनराइजर क्रिकेट टीमका सुमित कुश्वाहा भएको थियो भने क्याच आफ द म्याच वन्न शान्ति सनराइजर क्रिकेट टीमका अमर नायक भएको थियो ।
त्यसै गरी म्यान अफ द सिरीज सल्हेश टाईगर क्रिकेट टीमका सुमन घतराज हुन सफल भएको थियो त्यसै गरी वेश्ट बलर शान्ति सनराइजर क्रिकेट टीमका अजिजुल साह हुन सफल भएको थियो ।

उप विजेता शल्हेस टाईगर क्रिकेट टीमलाई नगद ११ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र एम.एन.पि.एलका संयोजक अभरेन्द्र यादवले हस्तानतरण गर्नु भएको थियो ।
विजेत शान्ति सनराइनर क्रिकेट टीमलाई नगद २५ हजार सनराइज बैक मिर्चैया शाखाका म्यानेजर विवेक कोइराला र टेकेन्द्र आईटिका संचालक श्याम साहले कप्तान एजाज अलि लाई हस्तान्तरण गर्नु भयो भने विजेता ट्रफि सगरमाथा स्कुलका संचालक प्रदिप तिवारी, अरुण महतो, आयोजक परिवार समेतले हस्तान्तरण गर्नु भएको थियो ।

उक्त फइनल खेलको अमपायरिङ्ग विकास महतो र संतोष साह (जोन्ति)ले गराउनु भएको थियो । म्याच रेफ्रि मनिष महतो रहनु भएको थियो भने कमेन्ट्रिमा प्रभात सिंह (पिन्टु बाबा) ले गर्नुभई म्याचलाई रोमान्चित गर्नुभएको थियो ।
खेलको समापन भव्यताको साथ सगरमाथा स्कुलका प्रिन्सििपल प्रदिप तिवारी, कल्याणपुर न.पा. वडा ६ का वडा अध्यक्ष मोतिवुल राइन, पुर्व शिक्ष अधिकारि विष्णु घिमिरे, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका इन्स्पेक्टर प्रमोद राय लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिी रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer