अखिलेश कुमार यादव, माघ १७ रौतहट ।
रौतहट जिल्लाको सदरमुकाम गौरको राइस मिल्स ग्राउन्डमा सुरु भएको मेयर कप च्याम्पियनसिपको तेश्रो संस्करनको पहिलो खेलमा गौर नगरपालिकाको वडा न ५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि बिजयको सुरुवात गरेको छ।
गौर नगरपालिकाको आर्थिक सहयोग र रौतहट जिल्ला क्रीकेट संघको आयोजनामा मेयर कपको आज गौर नगरपालिकाको मेयर अजय गुप्ताले उद्घाटन गरेको छ।
रौतहट जिल्ला बाट नेपाल टिममा खेल्नको लागि खेलाडीहरुको प्रोत्साहनको लागि बिगत ३ साल देखि मेयर कप च्याम्पियनसीप सुरुवात हुँदै आइरहेको छ।गौर नगरपालिकाको ९ वटा वडाको टिम यश प्रतियोगितामा सहभागिता जनाएको छ।
शुक्रबार खेलिएको पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वडा न ५ ले १६१ रन बनाउनको लागि आफ्नो २ विकेट गुमाएको थियो।
वडा न ५ को तर्फ बाट मनिश यादवले ५४ बलको सामना गर्दै ५० रनको योगदान पुर्याएको थियो भने पृनस झाले ६६ बलको सामना गर्दै ६५ रनको योगदानले वडा न ५ ले १६२ रनको लक्ष्य वडा न ९ लाई दिएको थियो।
जवाबी ब्याटिङमा वडा न ९ ले ८४ रनमै अल आउट भएको थियो।वडा न ५ को तर्फ बाट कुन्दन यादवले ३ बिकेट लिएको थियो त्यस्तै क्याप्टेन प्रनय दासले ४ बिकेट ४ बिकेट लिएर म्यन अफ द मैच बन्न सफल भएको छ।
५० रन बनाउने खेलाडीलाई प्रोत्साहनको लागि वडा न ५ को वडा अध्यक्ष राम स्वार्थ यादवले ५ हजार पुरस्कार समेत दिएका छन।
उक्त उद्घाटन कार्यक्रममा जिल्ला क्रीकेट संघ रौतहटको अध्यक्ष पवन साह,सदस्य गौतम श्रेष्ठ सबै वडाको खेलाडी वडा अध्यक्ष र सञ्चारकर्मिहरुको उपस्थित रहेको थियो।