bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक कामको गती बाट स्थानीय निरास

pokhariya Holi Notice

रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्यो, तर एक दशकमा पनि यो सडकको काम पूरा भएको छैन । जम्मा १९६ किलोमिटर सडकखण्डमध्ये यो १० वर्षको अवधिमा जम्मा १० किलोमिटर मात्रै पिच गरिएको छ ।
सालझण्डीदेखि खुर्सानेसम्म ५ किलोमिटर र सन्धिखर्कको बिहारदेखि माटेसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको सडक आयोजना कार्यालयले जनाएको छ । यस्तै अर्को १० किलोमिटर पिचका लागि भने भर्खरै टेन्डर आह्वान गरिएको छ । यो सडकको केही खण्डमा काम रोकिएको लामो समय भइसक्यो । स्थानीयको अवरोध र निर्माण कम्पनीको लापरवाहीका कारण एक दशकमा पनि सडकले पूर्णता पाउन सकेको छैन ।
लामो समयसम्म पनि सडक नबनाएपछि १८ किलोमिटर ग्राभेलको जिम्मा लिएको बिटी जयबाबा जेभी स्वयम्भूसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया नै अघि बढेको छ । यो सडक निर्माण हुँदा बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोटिन्छ । बागलुङ पश्चिमी क्षेत्रका स्थानीय, प्यूठानको पूर्वी क्षेत्र र रुकुमपश्चिमका स्थानीय यस सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। अहिलेसम्म अर्घाखाँचीको चुत्राबेसीमा ट्रयाक पनि खुलाइएको छैन । २०७४ बैशाखमा काम सक्नुपर्ने अन्तिम सम्झौता भए पनि पटक–पटक आग्रह गर्दा काम नगरेपछि सम्झौता रद्ध गर्ने प्रक्रिया थालिएको सालझण्ढी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले बताउनु भयो । सालझण्डी–ढोरपाटन सडकको कञ्चनखोलादेखि ढुंग्री खोलासम्मको १८ किलोमिटर सडक ग्राभेल गर्न ४ करोड ३७ लाखमा ठेक्का भएको थियो, तर तोकिएको समयमा जम्मा पाँच किलोमिटर मात्र ग्राभेल भएको छ ।
यो सडक खण्डको ८६ किलो मिटर ग्राभेल र एक सय किलोमिटर कच्ची छ । यस सडकखण्डको ट्रयाक खोल्ने विषयमा सन्धिखर्कमा ६ वर्षदेखिको विवाद समाधान भएको छैन । लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्योलता छाएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाएका छन्। सन्धिखर्कमा ट्रयाक खोल्ने विषयमा झन्डै ६ वर्षदेखि विवाद हुँदै आएको छ ।
सन्धिखर्क चुत्रावेशीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ। पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेशी बजार गरी दुईवटा विकल्प अघि सारेपनि दुवै ठाउँका स्थानीयले ट्रयाक खोल्न नदिने अडान राख्दै आएका छन्। सडक निर्माण गर्न कार्यालय खुलेको १० वर्षको समयमा एक अर्ब ५० करोड रकम खर्च भैसकेको छ । कुल ८ अर्बको डिपीआर रहेको योजना प्रमुख मरासिनीको भनाइ छ । सडक सम्पन्न भएपछी लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू पनि ढोरपाटनमा घुम्न पाउने छन्। मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटनसम्म सडक पुगेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरू सजिलै त्यहाँ पुग्न सक्नेछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer