प्रभु यादव,बारा।। बाराको स्वर्ण गाउपालीकाको कार्यालयमा सि सि क्यामरा लगाई सञ्चालनमा आएको छ । तीन लाखको लागतमा आठ वटा केमरा र उपकरण सहितको एलसीडी लगाईएको गाउपालीका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले जनकारी गराएको छ । कार्यालयमा हुने कामकाजको सेवाग्राही संग कर्मचारीको हुने व्यवहार जनकारी पाउने उद्देश्यले केमरा जडान गरिएको अधिकृत श्रीवास्तवले जनकारी गराएको छ । कर्मचारीहरूलाई प्रदर्शिता , सुचना र जवाफदेहीता बनाउने काम केमरा बाट हुने विश्वास लिएर लगाईएको श्रीवास्तवले जनकारी गराएका छन । आउने दिनमा विस्तार गरेर गाउपालीका अध्यक्षको कोठमा पनि कामकाज देखन सकिने बनाउने काम गरिने छु अधिकृतले जनाए । गाउपालीका अध्यक्ष महेन्द्र यादवले कार्यालयमा हुने गतिविधिहरू लाई समयमा देखेर व्यावस्थापन गर्न सकिने भएकोले केमरा लगाएको जनकारी गराए। प्रमुख भएको बेला र नभएको बेलामा कर्मचारीहरूले गर्ने कामको केमरामा जुन बेला पनि हेर्न सकिने भएकोले मुल्याकन गरि व्यावस्थापन गर्न सकिन्छ अध्यक्ष यादवले जनकारी गराए।