bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सांसद यादव र मेयर सरावगी द्वारा संयुक्त रूप मा खेलकुद मैदान र छठ घाट को सिलन्यास

pokhariya Holi Notice

 

फागुन ३ वीरगंज – समाजवादी पार्टी नेपालका संघीय संसद प्रदिप यादवले आफ्नो क्षेत्रमा विकासलाई तिब्र गतिमा अगाडी बढाईरहेका छन् ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले विकास निर्माणको कार्यलाई निरन्तरता दिदै वीरगंज महानगरपालिका वडा नं. २० अपौनीमा संघीय सांसद प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले खेलकुद मैदान निर्माण स्थल कार्यको सिलन्यास गरेका हुन् ।
स्थानीय विकास साझेदारी अन्तर्गत पर्सा क्षेत्र नं. १ को संसदीय कोष र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा अपौनीमा गढीमाई मन्दिरसंग जोडिएको खेलकुद मैदानको विधिवत पूजापाठ गरी सिलन्यास गरेका हुन् ।
वर्तमान युवाको चाहना र आवश्यकतालाई मध्य नजर गर्दै सांसद यादवको संसदीय कोषबाट २० लाख र मेयर सरावगीद्वारा वीरगंज महानगरपालिकाबाट २० गरी कुल ४० लाखको संयुक्त लगानीमा आज (शनिबार) एक कार्यक्रमका बिच खेलकुद मैदान निर्माण स्थल कार्यको सिलन्यास गरी सुभारम्भ गरिएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै सांसद यादवले खुलकुदप्रति युवाहरुको चाहना र क्षमतालाई बढाउन खेलकुद मैदानको विकास गरी खेलकुदप्रति युवाहरुको आकर्षण बढाउन आवश्यक रहेको बताए ।
अहिले प्रायः युवाहरु कुलतमा फसेर गलत बाटो रोज्ने गरेकोले खेलकुद क्षेत्रको विकास गरी पहिला जस्तै पर्सालाई खेलकुदको हब बनाउन र खेलप्रति युवाहरुको आकर्षण बढाउने गरी खेलकुद मैदान निर्माण स्थलको विकास गर्न जरुरी रहेको बताए ।
सांसद यादवले भने, ‘‘वीरगंज महानगरपालिका अन्तर्गत पर्ने अपौनी खेलकुद मैदान एतिहासिक हो । म पनि पहिला यो मैदानमा खेल खेलेको छु । त्यसकारण खेलाडीहरुलाई खेलप्रति हुने सम्पूर्ण समस्याको पहिचान गरी समाधान गर्दै राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा नाम स्थापित हुन सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खेलकुद मैदानको पनि विकासमा लागेका छौ । ’’
अपौनीमा खानेपानीको स्थापना गरिने
कार्यक्रममा सांसद प्रदिप यादवले स्थानीहरुको समस्या बुझ्दै खानेपानीको पनि स्थापना गर्ने बताए । ‘‘पहिला धारा जडान गर्न १५०, २०० फिट गहिरो मात्रै हलाउनु पथ्र्यौ तर अहिले ३०० फिटसम्म हलाउनु परिरहेको छ । त्यसैले घरघरमा पानी पु¥याउने सुबिधा दिने उदेश्यले अपौनीमा खानेपानीको पनि स्थापना गर्छाै । उनले भने’’
स्थानीय ठाउँमै जनताले स्वास्थयको सबै सुविधा पाउँने
त्यस्तै सांसद प्रदिप यादव र मेयर बिजय सरावगीले अपौनी गाउँ आसपासका गरिब, निमूखा, असहाय सबै जनताले स्थानीय स्तरमै सम्पूर्ण स्वास्थय सुबिधा पाउँन भने उदेश्यले खेलकुद मैदानस्थित रहेको स्वास्थय चौकीमा भएको समस्या बारे अवलोकन गरी जानकारी लिएका छन् । स्वास्थय चौकीभित्र माटो पुर्ने, धारा पाईप लाईन, टंकी चेन्ज गरी धारा जडान गरिने जस्ता समस्यालाई बुझ्दै केही दिनमै त्यो पनि पुरा वहाँहरुले बताए ।
ईनर्वामा ४५ लाखको लागतमा पोखरी सौन्दर्यीकरण तथा छठघाट निर्माण स्थलको सिलन्यास
त्यसतै सांसद प्रदिप यादव र मेयर सरावगीले वीरगंज महानगरपालिका वडा नं. १८ ईनर्वामा पोखरी सौन्दर्यीकरण तथा छठघात निर्माण कार्यको सिलन्यास गरेका हुन ।
पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको सांसदीय कोषबाट २० लाख र मेयर सरावगीद्वारा वीरगंज महानगरपालिकाबाट २५ लाख गरी कुल ४५ लाखको लागतमा पोखरी सोन्दर्यीकरण तथा छठ घाट निर्माण स्थलको सिलन्यास गरिएको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, वीरगंज २० अपौनीका वडा अध्यक्ष पारस यादव, स्थानीय बासिन्दा, युवा, खेलाडी, समाजसेव, युवा नेता निखिल वर्णवाल, घन्शयाम गुप्ता,हरिन्द्र शाह , पिन्टु उपाध्याय , लखन लाल गुप्त , मुकेश दुबेदी, ईनर्वाका स्थानीय बुद्धीजिवी, समाजसेवी लगायतको लगायतको सहभागीता थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer