तिनै जनाले एकै चलचित्रमा अभिनय गरे भने कस्तो होला?


यी तिनै जनाले एकै चलचित्रमा अभिनय गरे भने कस्तो होला? यो जिज्ञासा धेरै चलचित्रकर्मी तथा दर्शकहरुमा पनि छ ।
Thank you for reading this post, don't forget to subscribe!
प्रदिप खड्काले यस्तो प्रतिकृया दिएको केही दिनभित्रमा नै अभिनेता अनमोल केसीले पनि आफू प्रदिप खड्कासँग काम गर्न तयार रहेको बताएका थिए । यसै सन्दर्भमा अर्का अभिनेता पल शाहले पनि आफ्नो भनाइ व्यक्त गरेका छन् । उनले अनमोल र प्रदिपसँग काम गर्ने चाहना आफ्नो पनि रहेको बताएका हुन् । प्रदिप र अनमोलसँग काम गर्न पाए आफू जस्तोसुकै भूमिकाका निम्ति पनि तयार हुने पल शाहले प्रतिकृया दिएकाहुन् ।
‘मलाई एक पटक अनमोल र प्रदिपसँग एउटै चलचित्रमा काम गर्ने इच्छा छ । त्यसको लागि म भिलेन अथवा कुनै कमेडी पात्रका रुपमा भए पनि काम गर्न तयार हुने छु,’ पलशाहले भने । चलचित्र निर्माता तथा निर्देशकहरुले पनि यी तीन अभिनेताहरुलाई एउटै चलचित्रमा काम गराउने प्रयास नगरेका हैनन् ।
निर्माता रमेश त्वायनाले त अनमोल प्रदिप र पललाई लिएर हामी ३ भाइको सिक्वेल निर्माण गर्ने प्रतिकृया समेत दिएका थिए ।
यता पलशाहको प्रतिकृया जस्तै नेपाली दर्शकले पनि एक पटक यी तीन अभिनेतालाई एउटै चलचित्रमा देख्न भने चाहेका छन् । अब दर्शकको यो चाहना कहिले पूरा हन्छ, त्यो भने समयले बताउने छ ।

Comments are closed.