bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना हुँदै

pokhariya Holi Notice

 

नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न लागेको छ । निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटन (नेपाल भ्रमण बर्ष २०२० लाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म चल्नेछ ।

४ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ । विगतका बर्षहरुमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका युवाहरु आफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागि हुन पाउनेछन् ।

उक्त सम्मेलनमा सहभागि हुन आउने युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन गरि बसिरहेको वा व्यवसाय गरि बसिरहेको वा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको हो भनि सिफारिस पत्र लिएर मात्र सम्मेलनमा सहभागि हुन पाउनेछ । प्रत्येक प्रदेशका सहभागिहरुले सम्मेलनमा सहभागि हुन आउनु भन्दा अगाडी पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ साथै सम्मेलनमा सहभागि भई गए पश्चात् पनि सम्मेलनको घोषणापत्र र प्रेस विज्ञप्ती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, प्रदेश योजना आयोग र स्थानीय निकायहरुलाई बुझाउनेछन् । साथै उक्त घोषणापत्र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरोकारवाला नियकायहरु बुझाई आगामी बर्षको निति तथा कार्यक्रमा युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल गर्ने गरी यस सम्मेलनको तयारी गरी रहेको जानकारी गराउदछौ । नेपाल युवा परिषदको ७ ओटै प्रदेशमा आफ्नो प्रदेश संयोजकहरुले सक्रिय रुपमा कार्य गरिरहेका छन् ।

यसपटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १÷१ स्टल दिईन्छ । जहाँ सहभागिहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शनको लागि राख्न पाउनेछन् उक्त स्टल ४ दिनसम्म नै कार्यक्रम स्थलमा राखिनेछ । ४ दिनको अबधिभरि राखिने स्टलहरुमा प्रत्येक प्रदेशको संस्कृति, पर्यटन र भेषभुषालाई प्रवद्र्धन गर्नको निम्ति राखिने साम्रगीहरु सहभागिहरुले आफैले ल्याउनु पर्ने हुन्छ ।

सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना पनि गरिनेछ जहाँ सबै सहभागीहरुले अनिवार्य रुपमा आफ्नो जातिय पोसाकमा सहभागिता जनाउनु पर्नेछ । गत बर्ष झैं यसपटक पनि प्रत्येक प्रदेशले बनाएको बिभिन्न कार्ययोजना मध्ये एक उत्कृष्ट कार्ययोजनालाई सिडमनी प्रदान गरिनेछ । सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटन (नेपाल भ्रमण बर्ष २०२०) लाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने बिश्वास आयोजकले लिएको छ । “युवा परिवर्तनको संवाहक हुन्” भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले हरेक बर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ । पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि सन् २०१७ मा ७४ जिल्ला, २०१८ मा ७७ वटै जिल्लाका २०४ र २०१९ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छौ । साथै २०१८ मा ७ ओटै प्रदेशमा युएनडिपी नेपालको सहकार्यमा एसडिजी फेस्टिबल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ती गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न पनि नेपाल युवा परिषद धेरै नै सक्रिय रहेको छ ।

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १÷१ ओटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु. ७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भईसकेको छ । २०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैकंको मुख्य प्रायोजन र कोकाकोला नेपालको बिशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६७४२ जना युवाहरुको प्रत्यक्ष सहभागीतामा र ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको बृहत सरसफाई कार्यक्रम २०७६ सम्पन्न गर्न सफल भएको थियौ ।

साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी बर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ । सन् २०२० मा ७ वटै प्रदेशमा दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” आयोजना गर्न लागिएको हो जहाँ युवा

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer