थरुहट/थारुवान आन्दोलन तत्कालीन माओवादीले उठाएको प्रथम एजेन्डा पहिचान सहितको संघीयताको उपज हो।टीकापुर घटनाको एकतर्फी रटान् लगाय ८ कक्षा फेल भएका वरिष्ठ पत्रकारहरूले।टीकापुरमा लागेको आगोमा घीयू थप्न तछाडमछाड भयो सडक देखि सदन सम्म।मानवअधिकारकर्मी,राजनीतिकर्मी,कानुन विद,संचारकर्मीहरू पिना सुक्ने गरि हो हल्ला मच्चाए।त्यहीँ होहल्लाको विटमा नाच्न सम्म नाच्यो सरकार अनि न्यायलय।त्यो ताका काननै पाकिसकेको थियो।थारू देशद्रोही,हत्यारा,विखण्डनकारी के के हो के के सुर न तालको ढोल एकतर्फी बजिरहेको हुन्थ्यो।कति बुद्धिजीवीले,समाजविद,लेखकहरूले बाहेक सबैले थारू लाई गलत नजरले व्याख्यान र विश्लेषण गरे।७ गतेको चर्चापरिचर्चा,बहस,छलफल सडक देखि सदन सम्म जे जति भए ती थारू समुदायको विरुद्ध मात्रै भए।थारू समुदाय माथि के वितिरहेको छ कसैले बुझ्ने प्रयास गरेनन् या त फेरि बुझ्ने जरुरी थानेनन्।
म यतिबेला भदौ ८,९ गते थारू माथि भएको अन्याय, बर्बरता,शोषण,दमनको कुरा गर्दैछु।खासमा के भयो त भदौ ८,९ गते भन्ने कुरा बुझ्न जादा जे सुने त्यहीँ लेख्दैछु।७ गतेको घटनाबाट त्रसित थारूहरूको घर,पसल छानीछानी लुटे,जलाए पुरुषहरूलाई मरनतरन हुने गरि कुटपिट गरे र चेलीबेटीलाई कुटपिट,गाली गलौच, यौन दुर्ववहार गरे र कति चेलीबेटीलाई त बलात्कार समेत गरे।न राज्यले देख्यो,न मानवअधिकारले,न महिला अधिकार,न पत्रकारले न त प्रहरी प्रशासनले सबैले देखे त केवल थारूलाई आतंककारी हत्यारा मात्रै ।सबै मिडियाका हेडलाईन आतंककारी,हत्यारा,देशद्रोही,विखण्डनकारी थारू भनेर झन्डै १ वर्ष सम्म बने।पत्रकारहरूको व्यापार राम्रै भयो।सामान्य पत्रकारले पनि करोडौंको महल ठड्याय।संसद भवनमा टीकापुर घटनाको कुरा नउठेको कुनै दिन थिएन।तर कसैले थारूको पक्षमा एक शब्द चुई गरेनन्।थारूले गरेको अपराध र अन्य समुदायले गरेको चाहिँ जघन्य अपराध पनि धर्म रहेछ भन्ने कुरा प्रष्ट भएको छ।घटना घटेको ४ वर्ष भैसक्दा पनि थारूका घर,पसल छानीछानी लुट्ने,जलाउने र हाम्रो चेलिबेटी माथि यौन दुर्ववहार र बलात्कार गर्ने अपराधी एउटा पनि नसमातिनु जो आज खुलेअाम उच्च मनोबलका साथ प्रहरी प्रशासनको छेउछाउ घुमिरहेका छन्।प्रहरी प्रशासन प्रतिको विश्वास उडेको छ र प्रश्न चिह्न खडा भएको छयतिबेला।छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई अपराधीलाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.