Ultimate magazine theme for WordPress.

होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा

0 942
Bara Gadhi Notice winter

१९फागुन,जनकपुरधाम—प्रदेश २ मा होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा हुने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा फागुन २६ गते एक दिनमात्र सार्वजनिक विदा दिने गरेको हो ।

Karaiya Mai Notice Winter

प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ । फागुन २५ गते यहाँ पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइने भएकोले २ दिन विदा दिने निर्णय गरिएको बताइएको छ ।

Kalaiya Notic summer
Leave A Reply

Your email address will not be published.