विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता

cin bigyapan

कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सरोकारवालाहरुको बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।
बैठकले संक्रमण फैलन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह, मेला तथा महोत्सवहरु आयोजना नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दैं सचेत हुन सबैलाई आग्रह गरेको हो ।

यस्तै नेपाल प्रेस युनियन अर्घाखाँचीले पनी विज्ञप्ती जारी गर्दै सचेत रहन सबैलाई आग्रह गरेको छ । अध्यक्ष विरेन्द्र केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भेला, सभा, समारोह, भ्रमण नगर्न सचेत गराईएको छ ।

नेपाली कांग्रेसका सभापती बिष्णु मुस्कानले पनी फेसबुकमा सुचना जारी गर्दै विश्वभर कोरोना भाईरसको संक्रमणले त्रास फैलिरहेका बेला सचेत रहन सबैमा आग्रह गर्नुभएको छ ।

आदर्श कोतवाल स्वास्थ्य

यस्तै अर्घाखाँचीका ६ वटै स्थानिय तहहरुले छुट्टाछुट्टै विज्ञप्ती निकालेर सबै नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । कोभिड–१९ नामक भाईरसका कारण लाग्ने यो रोगबाट सफासुघ्घर रहे र सचेतना अपनाए बच्न सकिन्छ ।

 

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.