एक पटक गडे पछि निकाल्न गाह्रो : नेल हाउस (फोटो फिचर)


हेर्नुहोस् यी ‘नेल हाउस’ का केही रोचक तस्बिरहरु
तीन तले घर नयाँ बनेको रोडको बिचमा एक्लै!
Thank you for reading this post, don't forget to subscribe!चीनको हेनान प्रान्तमा यो घरका मालिकले क्षतिपुर्तिको कारणले घर भत्काउन मानेनन। नयाँ बन्दै गरेको रोड सबै बनाइसकेपछि अन्त्यमा यो घर भत्काउदै छन् कामदारहरु। यो घर भत्काउदै गर्दा पनि घरधनी घर भित्रबाट बाहिर आएनन भन्छन् घर भत्काउन आएका कामदारहरु।
मेरो घर किन भत्काउने?
न्यानिन प्रान्तमा बन्दै गरेको रोडको बिचमा रहेको यो घरको मालिकलाइ घर भत्काउने कुरा पटक्कै मन परेन। बाटो बन्दै गयो तर घर भत्काइएन। बाटो बनिसकेपछि के गरियो होला?
सजिलै भत्काउन किन दिन्थेँ, गरेँ ४ वर्षे संघर्ष!
यो आधा भत्किसकेको घरमा ६७ वर्षका एक कृषक अनि उनको ६५ वर्षिया पत्नी बस्थे। क्षतिपुर्तिको कुरा नमिलेर स्थानिय सरकारसंग ४ वर्षसम्म लडिरहे यी कृषक। ४ वर्षसम्म रोड बनिरह्यो घर गडिरह्यो।
पुरा पैसा देउ अनि छोड्छु घर!
४० हजार डलर पाएपछि घर मालिक लुवोले हुन्छ भनेपछि सन् २०१२ डिसेम्बर १ मा बुलडोजर लगाएर यो रोडको बिचमा बाँकि रहेको घर भत्काइयो।
छोडिदेउ मलाइ एक्लै!
सन् २०१३ मार्च १३ मा लिइएको थियो यो तस्बिर। चीनको जियाङसु प्रान्तका ७५ वर्षिका याओ बाओहुआले वरपरको घर भत्काउदाँ पनि आफ्नो घर भत्काउन दिएनन।
वरिपरि सबैघरहरु भत्काइए निर्माण कार्यको लागि भनेर तर यो घर भने एक्लै भएपनि भत्किन मानेन।
झण्डा देउ त, झण्डै राखेपछि त नभत्काउलान नि घर!
चीनको पश्चिमी क्षेत्रको सायद सबैभन्दा चर्चित ‘नेल हाउस’ हो यो। सन् २००७ मा यो घरका मालिक ले आफ्नो जग्गा कन्स्ट्रक्सन कम्पनीलाइ बेच्न चाहेनन्। वरिपरि काम भने धमाधम भयो। राष्ट्रिय झण्डा अनि व्यानर पनि झुण्ड्याए घर मालिकले यसको विरोधमा।
सन् २००७ को अप्रिलमा घरमालिक र कन्स्ट्रक्सन कम्पमि बिच सहमति भएपछि बल्ल यो घर भत्काइएको थियो।
‘नेल ग्रेभ’, घरमात्र किन चिहान पनि जस्ताको तस्तै।
बिचमा छ चिहान वरिपरि धमाधम काम हुदैछ। चीनको उत्तर तर्फको सान्छी प्रान्तमा बिचमा १० मिटर अग्लो चिहान नभत्काइ काम गर्दै थिए कामदारहरु। यो तस्बिर डिसेम्बर ६, २०१२ मा लिइएको थियो।
क्षतिपुर्तिको कुरा नमिलेपछि यो चिहानको मालिकले यो चिहान भत्काउन दिएनन। एकको जग्गा अर्कोले लिने कुराको विरोधको लागि यो चिहान ‘सिम्बोल’ नै भएको थियो।

Comments are closed.