कलैया, बारा।
हिन्दुहरुको महान चाड होलीको पावन अवसरमा सबै रीस राग द्वेष लाई होलिका दहन गरि राजपाको सुदृढीकरण तथा मधेसीहरुको बलिदानीको चाहना पूरा हुनका लागि रौतहट जिल्ला अध्यक्ष मण्डल संयोजक राम प्रवेश दासले कामना गरेका हुन।
फागु पर्व एउटा यस्तो पर्व हो जसमा सबै रीस राग द्वेष लाई होलिका दहन संगै दहन गरि एक आपसमा मेलापाप, भाइचारा कायम होस् भन्ने कामना गरेका छन। सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीको सुस्वास्थ्यको कामना गर्दै हालै हल्ला भएको कोरेना भाइरस बाट बाच्न सावधानी अपनाउन लाई समेत आग्रह गरेका छन् ।
बढी भिडभाडमा नजान, अनावश्यक ब्यक्ति संग हाथ नमिलाउन सफा संग आफ्नो वरिपरि सफा राखी खाने कुरामा होटलमा सकभर नखान, लोला नहान्न, मदिरा सेवन नगरी होलि पर्व लाई सभ्री र भव्य तरिकाले मनाउन आग्रह गरेका छन् ।
पार्टीको एकीकरण बारेमा कुरा गर्दै दासले भने पहिला वाडा देखि केन्द्र सम्मको नेतृत्व तह लाइ एक सुत्रमा बाध्ने प्रक्रियामा रहेको छ। राजपा नेपालमा छ्व वटा अध्यक्ष मध्ये एक जना लाई नेतृत्व कर्ता चयन गरेर मात्र एकीकरणको बारेमा अगाडी बढ्ने बताए।
राजपा नेपालको नेतृत्व स्तरमा सुधार गर्न अलि केन्द्रिय नेताकार्यकर्ताको पहल स्थानीय स्तरमा कमजोर रहेकोे अनुभुति भैइ रहेको समेत दासले बताए ।