bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रहरी द्वारा महिला माथी बलत्कारको प्रयास ।

प्रहरी द्वारा महिला माथी बलत्कारको प्रयास ।

pokhariya Holi Notice

कपिलबस्तु ,संवाददाता
भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला थाना तुल्सीपुर बस्ने हाल कपिलबस्तु जिल्ला शुुधोद्धन गाँउपालिका १ लबनीमा बस्दै आएकी एक महिला माथी बलत्कारको प्रयास भएको छ । प्रहरी चौकी लबनीका हवलदार हेतमन्त बहादुर कुमार द्धारा राती १२ बजे सुति रहेकी महिला माथी बलत्कारका प्रयास भएको हो ।

भारतबाट २ महिना अघि नेपालमा आई मागन्तेको काम गरि आएकी सुमन पाण्डेंय (नाम परिवर्तन) माथी प्रहरीले बलत्कारका प्रयास गरे पछि प्रहरी चौकी लबनीलाई स्थानियले घेराउ गरेका थिए ।

स्थानियले थाहा पाई दोषी माथी कार्रवाहीको माग गर्दै प्रहरी चौकी लबनी घेराउ गरेको एक स्थानियले वताउनु भयो । लबनी गाँउको दक्षिण बगैचामा राती १२ बजे तिर नेहा पाण्डेंय सुति रहेको खाट निर पुगी झुल हटाई हाथ समाती छुन खोज्दा पाण्डेंयले हल्ला गरेको संचारकर्मि समक्ष वताईकि छन् । बगैचामा सुति रहेका अरु मगन्तेले प्रतिकार गर्दा हवल्दारले कुटपिट समेत गरेको वताईएको छ । दोषीलाई कडा कार्रवाहीको माग गर्दै र पिडीतलाई न्यायकोलागी स्थानीयले माग गरेका छन । अरोपति हवल्दार माथी प्रहरी ऐन नियम अनुसार कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शुनिल मल्लले वताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer