bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुठीको जग्गामा अग्रवालको गोरखधन्धा : नवीन यादव

pokhariya Holi Notice

जनकपुरधाममा आम जनताले गुठीको जग्गामा घर बनाएर रहेको कुरा पुरानो हुन थाल्दा पनि यहाँका एक प्रतिष्ठित व्यापारीले घर बनाई चर्को भाडा असुल्ने गरेको रहस्य बाहिर आएको छ । जनकपुरधाम उप–महानगर स्थितका एक प्रतिष्ठित व्यापारी प्रमोद अग्रवालले राम मन्दिरको पछाडीमा रहेको सटर कम शुल्कमा भाडा लिएर चर्को शुल्क असुल्ने गरेका छन् ।

उनले करिव ३५ बर्ष देखि सो सटर तीन हजारको दरमा भाडामा लिएर मासिक ४० हजार असुल्ने गरेका छन् । उनको यो गोरखधन्दाको पर्दाफास त्यतिवेला भएको छ जति वेला उनलाई महावीर युवा कमिटीका पूर्व अध्यक्षले गालामा थप्पर हानेका छन् । उनको कर्तुतले समाजमा नाकारात्मक असर परेको भन्दै उनले पटक पटक वैठक बसि यस समस्यालाई निराकरण गर्नकालागि आग्रह गर्दा पनि नमानेपछि उनले थप्पर लगाएका हुन ।

थप्परको चर्चा विगत चार दिन देखि जनकपुर बजारमा चलि रहेका छन् भने समाजिक संजालमा समेत गर्मागर्मी बहस चलेको छ । कतिले अग्रवालको कर्तुत थप्पर खाने रहेको भन्दै उनको आलोचना समेत गरेका छन् भने कति अग्रवालको बचावमा साहले थप्पर नहानि समाजिक स्तरमा कुरालाई वुझाउनु पर्ने लेखेका छन् । अग्रवालले गुठी संस्थान संग मासिक तीन हजारको दरले मौखिक रुपमा भाडा लिई ४० हजारको दरले भाडामा लगाएका छन् ।

गुठी संस्थानले केहि दिन पहिला मात्रै सो सटरहरुको टेण्डर प्रक्रियामा गएर भाडा लगाउने तयारी गरेपनि अग्रवालले कडा चेतावनी दिदैँ गुठीका प्रमुखलाई आफ्नो प्रभावमा पारी टेण्डर गर्न दिएन् । गुठी संस्थानले राम मन्दिर वरिपरिका सटरहरु टेण्डर गर्दा लाखौं रुपैयाँ भाडा आउने भएका थिए । तर, उनको कारणले त्यो सटरहरु कम शुल्कमा भाडा लागेका छन् । गुठी संस्थानले यस विषयमा कार्यालय प्रमुखले नै जानकारी दिने बताए ।

Simraungadh Holi Notice

अग्रवालसंगको दुव्र्यवहार यो पहिलो पटक नभई यस भन्दा पहिला पनि उनी जानकी बोर्डिङ्ग स्कुलमा एक छात्रा संग अभद्र व्यवहार गरेपछि अभिभावकहरु विद्यालयमानै उनी संग दुव्र्यवहार गरेका थिए । उनले पटक पटक दुव्र्यवहारको शिकार हुनु परेको छ । समाजिक संजालमा उनको बारेमा गरिएका पोष्ट र कमेन्टले उनको समाजिक लोकप्रियता प्रतिनै प्रश्न चिन्ह उठेको छ ।

अग्रवाल औषधी व्यवसायी संघका पूर्व महासचिव थिए । अग्रवालको व्यवहारको आलोचना समाजवादी पार्टीका संघीय परिषद सदस्य नवीन यादवले औषधी व्यवसायी प्रमोद अग्रवालले गरेको व्यवहारको आलोचना गरेका छन् । उनले पटक–पटक अग्रवाल संग भएको सम्झौता उनले कार्यान्वयन नगर्नु दुःखद रहेको बताए । उनले भने–‘गरिएको सहमति कार्यान्वयन भएन, कसैलाई पनि रिस उठ्न सक्छ ।’

परिषद सदस्य यादवले अग्रवाल संग पहिलो पटक नभई तीन चार पटक भन्दा बढी वैठक बसि सक्यौं तर उनले देखाएको व्यवहार दुःखद र निन्दनिय रहेको भन्दै आलोचना समेत गरे । डेली एक्सप्रेस संग कुराकानी गर्दै परिषद सदस्य यादवले भने–‘अग्रवालको यो पहिलो घटना नभई यस भन्दा पहिला पनि उनीसंग दुव्र्यवहार भएको छ तर, उनको आचरणमा सुधार आएको छैन् ।

उनले धर्मेन्द्र साहले प्रहार गरेको थप्पर पनि नहान्नु पर्ने बताउँदै उनको कार्य असान्दर्भीक रहेको गुनासो गरेका थिए । उनले भने–‘धर्मेन्द्र महावीर युवा कमिटीका पूर्व अध्यक्ष हुन, उनमा भविष्यको नेताको क्षवि छ त्यो क्षवि विगार्नकोलागिनै उनलाई पटक पटक यस्ता विवादहरुमा तान्ने गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.