bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

परवानिपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

pokhariya Holi Notice

वीरगन्ज ,२ चैत /
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको छ । संस्थाको दशौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ५ जना महिला सहित एक सय पाँच जनाले रक्तदान गरेका छन् ।


रक्तदान गर्नेहरुमा जिउत साह, प्रेमचन्द्र साह सोनार, प्रमोद साह कानु, सफिक आलम, विजय साह, आनन्द यादव, प्रेमचन्द्र साह , मनिष रौनियार ,शनि आलम लगायत रहेका छन् ।

यस्तै निशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले चेकजाँच गराएका छन । परवानीपुर बजारको हबिब मार्केटमा आयोजना भएको उक्त शिविरमा लिपनीमाल ,परवानीपुर ,कोईरीयाटोला ,ताजपुर ,रामपुर ,बुनियाद , मुसहरी लगायतका एक दर्जन भन्दा बढि गाँउका महिला , पुरुष तथा बालबालिकाले चेकजाँच गराएको संस्थाका बिजय साहले जानकारी दिए ।

शिविरमा इन्डोक्राइनोलोजिट डा.राजिव यादव ,बालरोग विशेषज्ञ डा.अतिन्द्र मिश्राले निशुल्क स्वास्थ्य शिविरमा बिरामीहरुलाई चेकजाँच गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer