bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सांसद यादवद्वारा पटेल नगरमा छठघाटको शिलन्यास

pokhariya Holi Notice

चैत्र ३ वीरगंज

समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन ।
पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदिप यादवको संसदीय कोषबाट रु १० लाखको लागतमा छठ घाट निर्माण स्थलको शिलन्यास गरिएको हो ।
शिलन्यास कार्यक्रममा बोल्दै सांसद यादवले मधेशी समुदायको साथसाथै पछिल्लो समय गैरमधेशीहरुले पनि छठ पूजाप्रतिको आस्था र विश्वासप्रति भावुक हुँदै छठपूजा गरेकोले समाजका अन्य धर्मावल्मबीहरुलाई एकताबद्ध राख्न पनि यसको निकै ठुलो महत्व रहेको बताए ।
खास गरि मधेशी समुदायहरुमा परम्परादेखी नै छठपूजााप्रतिको आस्था र विश्वास अटल रहेको बताउँदै उनले विभिन्न समुदायले सामूहिक रुपमा गरिने छठपर्वको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताए ।

समाजमा रहेका विभिन्न विकृति, विसंगतिलाई अन्य गर्न सबै समुदाय एकजुट भई विकास निर्माणको कार्यमा अगाडी बढ्नु पर्ने सांसद सुझाव दिए ।कार्यक्रममा वडा न .२२ का अध्यक्ष ग्यसुदीन मिया ,समाजवादी पार्टीका क्षेत्रीय सचिव राधाकिशन रौनियार , नगर उपाध्य्क्ष सेख रुस्तम ,वडा न.२१ का एकाई अध्यक्ष निरन्जन पटेल नगर सदस्य भोज महतो ,जवाहिर महतो ,कृष्ण कुशवाहा ,सर्वन पटेल,रञ्जन पटेल लगायत युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer