bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सरकारी निर्देशन र कोरोना प्रकोपको व्यवास्ता गर्दै संघिय समाजवादी फोरम

pokhariya Holi Notice

 सिरहा, ७ चैत । विश्वभरी माहामारीको रुप लिएको कोरोना भाईसर (कोभिड १९) कारण नेपालमा एसईई सहित सम्पूर्ण परीक्षा स्थगित गरी २५ जनाभन्दा बढी एकठाउँमा भेला नहुन निर्देशन दिएको छ । तर संघिघय समाजवादी फोरमले सरकारले दिएको निर्देशनलाई वेवास्ता गर्दै सयौंको संख्यामा भेलागरी सिरहामा विभिन्न खालका भेला तथा बैठकहरु गरिरहेका छन् ।
सरकारी निर्देशन र कोरोना प्रकोपको व्यवास्ता गर्दै संघिय समाजवादी फोरम सिरहाले शुक्रवार जिल्लाको गोलबजारमा करिव दुईसयको संख्यामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षण भेला गरेको छ ।
सरकारले सम्भावित संकटलाई मध्यनगर गर्दै विद्यालय, कलेज तथा परीक्षाहरु स्थगित गरेको भएपनि पूर्व स्वास्थ्यमन्त्री आफै उपस्थित भएर सरकारी निर्देशनको वेवास्ता गर्दै भिडभाडयुक्त कार्यक्रम आयोजना गरेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण एसिया सहित नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताउँदै आएको छ ।

भेलामा पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री एवम् संघिय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, उपसचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य रामरिझन यादव, अशेश्वर यादव, सत्रुधनप्रसाद सिंह कोईरी लगाएत नेताहरु भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीता रहेका छन् ।
जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा भईरहेको कार्यक्रममा जिल्लाभरीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको एक जिल्ला नेताले जानकारी दिए । उनले आफ्नो पार्टीको आन्तरिक कार्यक्रम भएको सुनाए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer