bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

न्याय सम्पादनमा भाषा मुख्य समस्या

pokhariya Holi Notice

विराटनगर । प्रदेश नं. १ को मोरंग जिल्लाका आठ वटा नगर पालिका मध्ये भारतीय सिमासंग जोडिएको सुनवर्सी नगरपालिकामा न्याय सम्पादनमा भाषाको मुख्य समस्या देखिएको उप प्रमुख मञ्जु कुमारी राईले वताए ।
वहांले भने ‘म पहाडे मुलको नेपाली भाषा–भाषी छु तर यहां मधेशी मुलका २२ वटा जातिको वसोवास छ । ती सवै जात–जातीहरुको भाषा फरक–फरक छ । कतिपय भाषा म बुझ्छु तर बोल्न आउंदैन र समस्या लिएर आउनेले पनि मेरो भाषा बुझ्दैन त्यसैले न्याय सम्पानमा केही कठीनाई भएको छ यसको समाधनको लागि दोभाषेको आवश्यकता महसुश भएको छ ।
त्यसमा पनि न्याय सम्वन्धी समान्य ज्ञानको अभाव तथा रुढिवादी सोचले गर्दा कतिपैय मुद्दाहरु नगरपालिका सम्म आउंदैन र आएपनि मौखिक रुपमा मिलाउन आग्रह गर्दछन् । न्यायको लागि उजूरी दिएमा खन्दान र परिवारको इज्जतै जाने सोचले दुवै पक्ष मौखिक रुपमा मिल्न चाहन्छन् । जसले गर्दा न्याय सम्पादनका वास्तविक तथ्यांक आउंदैन । कानुनी साक्षरताको आवश्यकता रहेको वताउंदै कानुन सम्वन्धी जनचेतनाको लागि बजेट समेत नभएको गुनासो उपप्रमुखले गर्दै भने अगामी आर्थिक वर्षको लागि कानूनी साक्षरतामा बजेट छुट्याउन प्रमुखलाई दवाव दिने वताए ।
सुनवर्सीमा बसोवास गर्ने मुसलमान, राजवंशी, केवरत, मुसहर, गनगाई क्षेत्री, यादव, तेली ब्राहमण (पहाडी), सतार÷सन्थाल, मलहा, दुसाद÷पासवान÷पासी, हजाम÷ठाकुर, खत्वे, राई नेवार माझी तामाङ ताजपुरिया, आदिवासी÷जनजाती, दलित, बढई लगाईतको बसोवास रहेको नगरपालिकामा सवै जातिको फाटफुट समस्याहरुको उजुरी आएपनि सन्थाल÷सतार समुदायको उजुरी अहिले सम्म नआएको उजुरी प्रशासक गणेश कार्कीले वताए ।
कार्कीका अनुसार न्याय सम्पादनमा भाषाको समस्याका साथै कानून सम्वन्धी समान्य ज्ञान समेत नभएको, परम्परागत सोच, शिक्षाको अभाव, जातिय विभेद, भाषिक विभेद, धनी र गरीव बीच अन्तर द्धन्द्धका कारण सवभन्दा वढी जग्गा–जमिनको किचलो, सम्वन्ध विच्चछेद, गाली–गलौच, बालविवाह, झै–झगडाका उजुरी हरु आउने गरको भन्दै यस आर्थिक वर्षमा २२ वटा उजुरी परेको मध्ये केहीलाई मिलापत्र गराएको र केही अदालत पठाएको, धेरै जसो मौखिक आधारमै मिलापत्र गराएको वताए ।
उक्त नगर पालिकाको जनसंख्या ५० हजार ७ सय ५८ रहेको छ । जसमा उर्दु, बंगाली, राजवंशी, सर्जापुरी, अंगिका, मगही, मैथली, सन्थाली, लगायतका दर्जनौ भाषा बोल्ने भएकोले ती भाषाहरु राष्ट्रको सम्पतिभएकोले त्यसको संरक्षण, सम्वद्र्ध र विकासको लागि भाषा सम्वन्धी तालिमहरुको लागि अगामी दिनमा बजेट छुट्याउने र भाषा संरक्षण गर्ने सुनवर्सी नगर पालिकाका प्रमुख काली प्रसाद दासले वताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer