bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पूर्ण सरसफाइमा कोरोनाले ल्याए सुधार

pokhariya Holi Notice

सिरहा २६ बैशाख । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ९ऋयखष्म ज्ञढ० महामारीले आज संसारको मानव जगत मै आक्रान्त भईरहेको छ । यस भाइरसबाट विश्वका शक्तिशाली, सुविधा सम्पन्न देशहरु बढी प्रभावित भएका छन । कोरोना भाइरसले मानव सभ्यता तथा हालसम्म विकसित विज्ञान तथा प्रविधिलाई नै चुनौति दिई रहेको छ । समय संगसंगै यो भाइरस विश्वका करिब करिब सवै देशहरुमा फैलिसकेको छ भने नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।
विश्वका विकसित तथा विज्ञान प्रविधिमा सफलता प्राप्त गरेका राष्ट्रहरुले कोरोना भाइरसको वैज्ञानिक समाधानका लागी लागिपरेका छन तथापी हाल सम्म यसको औषधी पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरुले पहिले अन्य रोगका लागि विकास गरिएका औषधीको प्रयोगबाट यसको उपचारको प्रयास गरेता पनि सफलता हात लाग्न सकेको छैन । वैज्ञानिकहरुका अनुसार यसको उपचार विकास गरी सबैको पहुंचमा पु¥याउन कम्तिमा ६ महिना लाग्न सक्ने बताइ रहेका छन् ।
विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार विश्वका सबै कोरोना प्रभावित राष्ट्रहरुले हाल लक डाउन, होम क्वारेन्टाइन तथा सरसफाई तथा स्वच्छता प्रबर्धन जस्ता रणनीति अख्तीयार गर्दै आएका छन । नेपालले पनि यस विकराल महामारीसंग जुध्न तथा आफ्नो नागरिकलाई बचाउँन उल्लेखित रणनितिहरुलाई नै अनुशरण गरि रहेको छ । नेपाली जनताहरुले पनि आफु पनि बचौ र अरुलाई पनि बचाऔं अभियानमा नेपाललाई साथ दिइरहेका छन ।
कोरोना भाइरस नियन्त्रणका लागि अपनाइरहेका रणनितीहरु मध्ये लकडाउन प्रभावकारी भएतापनि यसबाट देश तथा समाजको आर्थिक अवस्थामा नकारात्मक असर पर्ने हुनाले यो रणनिति दिर्घकालका लागि उपुक्त हुदैन तसर्थ कोरोना भाइरस को श्रृङखला तोडन तथा नियन्त्रणका लागि सचेतनाका साथ निरन्तर साबुन पानीले हात धुने तथा सरसफाईका व्यवहारलाई अपनाउनु नै प्रभावकारी रणनिति हो । यसका अलावा वाहिर निस्कदा मास्कको प्रयोग तथा सामाजिक तथा भौतिक दुरी कायम राख्नु पनि जरुरी देखिन्छ ।
जोखिमपूर्ण अवस्थामा आपूmले साबुन–पानीले हात धुनु आफू र परिवारलाई खुशी र स्वस्थ राख्ने सबैभन्दा सजिलो, भरपर्दो र सस्तो उपाय हो । नियमित सावुन पानीले हात धुदा धेरै प्रकारका सरुवा रोग लाग्नबाट बच्न तथा बचाउन सकिन्छ । स्वथ्य समुदायको लागि नेपाल सरकार तथा अन्य निकायहरुले धेरै पहिले देखिनै साबुन पानीले हात धुने लगायतका सरसफाइ तथा स्वच्छता प्रबर्धनका लागि पहल गरिरहेको हो । लामो प्रयास पछि नेपालले देशका सबै नागरिकको पहुंचमा शौचालय को सुनिश्चितता गदै देशलाई खुल्ला दिशामुक्त अवस्थामा पु¥याई सरसफाइमा एक कोसेढुङ्गा पार गरेता पनि बानीका कारण कतिपयले हालसम्म पनि सौचालयको उचित प्रयोग गरेको पाइदैन भने सरसफाइका अन्य क्षेत्र जस्तै साबुन पानीले हात धुने बानीमा नेपाल अझै धेरै पछि छ । सन २०१८ मा ग्ल्ज्ब्द्यक्ष्त्ब्त् ले तराईका ८ जिल्लामा गरेको एक सर्भेले देखाएअनुसार ५८ प्रतिशत जनता ले चर्पिीको प्रयोग पछि साबुन पानीले हातधुने गरेका छन भने केवल १३ प्रतिशत जनताले मात्र खाना खानु अघि साबुन पानीले हात धुने गरेको देखाउँछ । यसबाट हामीले समुदायमा हात धुने बानी विकास गर्नको लागि धेरै प्रयास गर्नु पर्ने देखिन्छ ।
हाल देखिएको कोरोना महामारीको सन्दर्भमा विश्व स्वास्थ्य संगठन तगायत वैज्ञानिकहरुले कोरोना भाइरसबाट बच्न निरन्तर साबुन पानीलेहात धुनु एक प्रभावकारी तथा सबैको पहुंचमा भएको एकमात्र उपाइरहेको बताइरहदा नेपालमा साबुन पानीले हातधुने बानी विकासको लागि कारोना एक अवसर बनेर देखा परेको छ । तर, यस कोरोना भाइरसको चुनौताीलाई अवसरको रुपमा परिणत गर्नका लागि सरसफाइ क्षेत्रमा कार्यरत सरोकारवाला तथा स्थानिय सरसकार तथा समुदायले मेहनत गर्नु पर्ने देखिन्छ ।
साबुन पानीले हात धुने बानी विकासका लागि हालसम्म गरिएका क्रियाकलापहरुले चेतना बृद्धि गरेतापनि व्यवहार परिवर्तनमा धेरै सकारात्मक छाप छोड्न प्रभावकारी देखिरहेको थिएन भने यस अवधिमा सरसफाइ क्षेत्रमा कार्य गरिरहेका संघसस्था तथा स्थानिय सरकारहरुले गरेको प्रयास तथा कोरोनाको सन्त्रासले लकडाउन भए पश्चात व्यक्तिगत सरसफाइ र बानी व्यहोरा परिवर्तनमा ठुलो छलाङ्ग मारेको महसुस गरिएको छ । सरसफाई अभियान्ता तथा इकार्डस नेपालका सिराहा जिल्ला संयोजक गोविन्द कार्की का अनुसार “अहिले समुदायका घरधुरीहरुले चर्पीको प्रयोग तथा साबुन पानीले हात धुने बानीमा धेरै सुधार गरेका छन् । समुदायका सदस्य नभएका घरमा शौचालय बनाउने, प्रयोगमा नआएकालाई मर्मत गरि प्रयोग गर्ने तथा हरेक घरमा साबुन पानीले हात धुने स्थान निर्माणका लागि तिब्रता दिएका छन् ।
खाना खानु भन्दा अघिपछि, बच्चालाई खुवाउनु अघिपछि, फोहोर छोएपछि र विरामीको स्याहार गर्नु अघिपछि पनि सावुन पानीले हात धुने अवस्थामा व्यापक परिवर्तन भएको पाइन्छ । यो सरसफाइको दृष्टिकोणले सकारात्मक पाटो हो । यसैगरी पानी उमालेर खाने देखि स्यानिटाइजर प्रयोग गर्ने, प्रयोग कर्ताको संख्या पनि वृद्धि भएको देखिन्छ । यो क्षेत्रमा काम गर्ने संघसंस्था, अभियान्नताहरुले यो अवस्थामा पनि फोन तथा अन्य सामाजिक माध्यम को मार्फत चर्पीको निर्माण, पुनःनिर्माण र प्रयोगमा जोड दिइरहेका छन । हात धुने निश्चित स्थानको निर्माण र प्रयोग गर्न अभिप्रेरित गरी रहेका छन । पहिले संचालन भएका कार्यक्रमको सिकाईका आधारमा समुदायमा सरसफाइ जन्य बानी व्यहोरामा सरकारी निकाय तथा अन्य संघसंस्थाले कार्यक्रम संचालन गरि रहुन्जेल केहि परिबर्तन हुने तर कार्यक्रम समापन पछि समुदायका केहि वर्ग पुन पुरानै अवस्थामा फर्किने गरेको देखिन्छ । यस अवस्थालाई परिवर्तन गर्न सरसफाइमा हाल अफै प्रबर्धन गर्दै यसको दिगोपना कायम राख्न अब सरकारको आगामी बजेटमा सरसफाइको क्षेत्रमा बजेट वृद्धि र प्राथमिकता हुन जरुरी छ । सरसफाइ प्रबर्धनकालागि यो समय फलाम तातेको बेला हो र यही समयमा सरकारी निकाय, संघसस्था तथा समुदायका अगुवा तथा अभियन्ताले यसको प्रबर्धनका लागि दिगोपना राख्न ध्यान दिनु जरुरी देखिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer