bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मधेशी पत्रकार समाज बारा र पर्साका अध्यक्षले दिए राजीनामा

pokhariya Holi Notice

मधेशी पत्रकार समाज बारा र पर्साका अध्यक्षले दिए राजीनामा

प्रभु यादव बारा ४ असोज ।


मधेशी पत्रकार समाज नेपालका बारा र पर्सका अध्यक्षले राजीनामा दिनु भएको छ ।
मधेशी पत्रकार समाज बाराका अध्यक्ष अनिल कुमार गुप्ता र पर्साका अध्यक्ष श्रवण साहले छुटा–छुटै रुपमा आज समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहलाई ईमेल मार्फत राजीनामा पत्र बुझाएका हुन् ।
मधेशी पत्रकार समाज नेपालका केन्द्रिय अध्यक्ष मोहन सिंहले एकलौटी, मनोमानी तरिकाले मधेशी पत्रकार समाजका सदस्य समेत नरहेका मनोज कुमार मिश्रालाई प्रदेश नं. २ को उपाध्यक्ष पदमा मनोनित गरेकोमा असन्तुष्टि जनाउदै राजीनामा दिनु भएको पत्रमा उल्लेख गरिएको छ ।
केन्द्रिय अध्यक्ष सिंहले मधेशी पत्रकार समाजको विधान विपरित निर्णय गरेकोमा बारा र पर्सा शाखाको गम्भिर ध्यानाकर्षण भएको हुँदा यसलाई मध्यनजर गर्दै आजकै मितिबाट मधेशी पत्रकार समाजको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको बारा शाखाका अध्यक्ष गुप्ताले बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer