bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

“युथ एक्सन फोर्स” नामक संजाल गठन

pokhariya Holi Notice

वैशाख ०७ जनकपुरधाम l  जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न वार्डका युवाहरूको सक्रियतामा “युथ एक्सन फोर्स” नामक संजाल गठन गरिएको छ । उक्त संगठनको प्रमुखमा सर्वसहमतिले युवा नेता प्रशान्त झा चयन भएको छ । जनकपुरधाम उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सामाजिक अभियान्ता तथा उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठको उपस्तिथिमा संगठनका पदाधिकारीले महासेठको हातबाट फुलमाला लगाए पद ग्रहण गरेका थिए ।

संगठनमा २१ सदस्य समिति चयन गरिएको छ । उपाध्यक्षमा मनिष मंडल,पंकज साह,कोषाध्यक्षमा दिपक यादव,महासचिवमा अमित साह, सचिवमा निरज गुप्ता, सदस्यमा सरोज साह, धनन्जय यादव,किसन साह,राजु मंडल,देव मंडल,सुस्वेट लाभ,उदय यादव र गौरभ सिंह चयन भएको छ भने संगठनको सल्लाहकारमा धर्मेन्द्र यादव (धिरु) राज कमल सिंह, उपेन्द्र साह, अरुण यादव,अभिजित सिंह,अजित मंडल छनोट भएको छ ।

सो संगठनको बारेमा छोटो प्रतिक्रिया दिदै संगठनका प्रमुख झाले भने ” अहिले देशमा,नगरमा, वडामा जताततै भ्रष्टाचार,मौलाएको छ, विकृति बढेको छ,पीडितले न्याय नपाएर थप पीडा खेप्नुपरेको छ यस्तो अवस्थामा अब हामी युवाले पार्टी भन्दा माथी उठेर पीडितको पक्षमा र अन्यायको विरुद्धमा सम्बन्धि निकायमा दबाब सिर्जना गर्न एक जुट हुनुपर्ने दिन आएको छ त्यसै अनुरुप आज हामी उर्जाशिल,जोशीला र क्षमतावान युवाहरूलाई एकीकृत गरि एउटा युथ एक्सन फोर्स संगठन निर्माण गरेका छौ” । यस संगठनको हरेक गतिविधि समाजिक हितमा समर्पित हुनेछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer