bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सोमबार बिहानैदेखि देशभरी विप्लवको बन्दले जनजीवन प्रभावित: शंकास्पद वस्तु फेला पर्ने क्रम जारी

pokhariya Holi Notice

राकेश कर्ण ।
विराटनगर, १३ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार विराटनगर सहित देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।

विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन । बन्दको कारण यात्राका लागि बसपार्कमा गएका सर्बसाधारण सवारी साधन नचलेपछि फर्किएका छन् । विराटनगरमा शैक्षिक संस्था, उद्योग कलकारखाना तथा यातायातका साधनहरु चल्न नसकेका हुन् ।

ठाउँठाँउमा भएका श्रृंखलाबद्ध विस्फोटले देशैभरि त्रासको वातावरण सिर्जना भएको छ । आइतबार साँझ बसको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले देशैभरका सुरक्षा संयन्त्रलाई सतर्क रहन निर्देशन दिएका छन ।

त्यस्तै विराटनगरमा पनि सोमबार बिहानैदेखी बन्दको प्रभाव देखिएको छ । मोरङका विभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन । विराटनगर र बुढीगंगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान बिस्फोटक जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो । बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको जनाइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer