bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश २ का विपन्न, गरीब, गर्बवती तथा सुत्केरी महिला हरु लाई एकिकृत राहत प्याकेज वितरण

pokhariya Holi Notice

प्रभु यादव, कलैया, बारा।

बारा जिल्लाको करैया माई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका वडा न. १६ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट, मिथिला बिहारी न.पा. वडा नं. ३ धनुषाले राहत वितरण गरेको छ ।

मिथिला वाइल्डलाइफ ट्रस्टले छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा यस विषेश एकिकृत पोषण प्याकेजमा सहकार्य गरेको छ । मिथिला वाइल्डलाइफ ट्रस्ट र भोरको सहकार्यमा देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती तथा सुत्केरी आमालाई उक्त पोषण प्याकेज प्रदान गर्ने योजना रहेको छ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको अवस्थामा मिथिला वाईल्ड लाइफ ट्रष्टले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको छ ।

करैयामाई गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र साहको विशेष उपस्थितिमा बेलाही टोलका गरिब तथा अतिबिपन्न ४८ घरपरिवारलाई र कलैया उपमहानगरपालिका १६ का स्थानीय युवा समाज सेवी अनिल कुमार कुशवाहाको नेतृत्वमा मझौलिया टोल का ५९ घर परिवारलाई मंगलवार राहत वितरण सम्पन्न भएको छ ।

नेपाल युवा परिषद बारा, भोर संस्था भोजपुरी टाइम्स दैनिकको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, स्वाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रति परिवारालई वितरण गरिएको ट्रष्ट बारा का प्रतिनिधि राजेश प्रसाद कुशवाहाले बताए ।

राहत सामग्री पाउँदा सो टोलका स्थानियहरुको मुहारमा खुसी देखिएको छ । हुन त पहिला पनि वडा कार्यालय तथा प्रदेश सरकारबाट राहत वितरण गरेकै हो तर त्यतिले कति दिनसम्म घर खर्च टार्न सकिन्छ भन्दै स्थानिय बिगा रामले भने यस संस्थाले राहत वितरण गरेकोमा धन्यबाद दिदै अझ केही दिनसम्म आफुहरुलाई खान पुग्ने भयो भन्दै खुसी व्यक्त गरे ।

राहत वितरण कार्यक्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय कुमार चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट पर्सा का प्रतिनिधि श्रवण प्रसाद साह, नेपाल युवा परिषद् बारा का सचिव दिवाकर प्रसाद कलवार, संचारकर्मी , दिपक चौरसिया, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer